एमालेको वडा उम्मेद्वारमा सबै महिला
नेकपा एमालेले काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका वडा नम्बर ३ मा वडा अध्यक्षसहित सबै पदमा महिला उम्मेदवार खडा गरेको छ ।
महिलाहरुलाई आरक्षण कोटामा मात्रै सीमित नगरी व्यवहारिक रुपमै नेतृत्व तहमा ल्याउने उद्देश्यले वडा नम्बर ३ मा सबै महिला उम्मेदवार बनाइएको एमालेले जनाएको छ ।
पहिलो चरणको निर्वाचन अनुरुप ३१ वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा दलहरुले वडा तहमा दुईजना महिलासहित चार जनालाई उम्मेदवार बनाउनुपर्ने हुन्छ । त्यसमा पनि दुई महिलामध्ये एकजना दलित उम्मेदवार बनाउनुपर्ने कानुनी व्यवस्था छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्