सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

‘फेसबुकमा नेतालाई गाली गर्दैमा चेन्ज आउँदैन’

‘भलिवल सुन्दरी‘को उपमा पाएकी सिपोरा गुरुङलाई यतिबेला राजनीति लागेको छ । केही चलचित्रकी नायिका समेत भईसकेकी सिपोरा चुनावी सभातिर बढी देखिन्छिन् । आफन्त सरस्वती गुरुङ कांग्रेसबाट पोखराको उपमेयरमा उठेपछि उनलाई राजनीतिक कार्यक्रमले तानेको हो ।

राजनीतिक आस्थाको आधारमा भने प्रचारमा नहिँडेको उनले बताइन् । ‘पार्टीभन्दा पनि राम्रो मान्छेलाई जिताउनुपर्छ भनेर लागेकी हुँ ।’ उनले भनिन, ‘फेसबुकमा स्टाटस लेखेर नेतालाई गाली गर्दैमा चेन्ज आउनेवाला छैन, चेन्ज ल्याउन युवा फिल्डमै उत्रिनुपर्छ ।’

राजनीतिमा इन्टे«स्ट रहेको बताउने सिपोरालाई भविष्यमा नेता बन्ने मन छ । ‘पछि के हुन्छ थाहा छैन, तर इन्ट्रेस्ट छ’ उनले भनिन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS