ओलीको निर्देशन, खाना र आराम कम गर्नुस;
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम खाएर र कम आराम गरेर भए पनि चुनावमा खट्न कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । ललितपुरको लगनटोलमा आयोजित एक कार्यक्रममा ओलीले कार्यकर्तालाई यस्तो आग्रह गरेका हुन् ।
ओलीले भने–‘कम खाएर र कम आराम गरेर भएपनि स्थानीय तहको निर्वाचनमा पार्टीलाई विजयी गराउनुस ।’ उनले उम्मेदवारीका विषयलाई लिएर असन्तुष्टि व्यक्त नगर्न पनि निर्देशन दिएका छन । सबै कार्यकर्ता एकतावद्ध भएर अघि बढ्नुपर्ने उनले कार्यकर्तामाझ बताएका छन ।
कार्यक्रममा काठमाडौं महानगरपालिकामा एमाले मेयरका उम्मेदवार विद्या सुन्दर शाक्यले आफ्ना चुनावी एजेण्डाबारे जानकारी गराएका थिए ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्