कांग्रेस र एमाले मिलेपछी रुकुममा माओवादीलाई झट्का
वैशाख ३१ गते हुने पहिलो चरणको स्थानीय तहको चुनावका लागि उम्मेदवारहरू गाउँगाउँ र मतदाताको घरघरमा गएर आफू र आफ्नो पार्टीका उम्मेदवारहरूलाई मत मागिरहेको त देखिएकै छ । तर रुकुमको बाँफिकोट गाउँपालिकामा भने एक पार्टीका अध्यक्ष उम्मेदवार अर्काे पार्टीका अध्यक्ष उम्मेदवारलाई मत दिन आग्रह गरिरहेका छन् ।
एमालेको तर्फबाट गाउँपालिकाका अध्यक्षका उम्मेदवार नगेन्द्रप्रसाद रिजाल नेपाली कांग्रेसको तर्फबाट गाउँपालिकाका उम्मेदवार जनककुमार बाँठालाई मत मागिरहेका छन् । त्यस्तै बाँठाले एमालेको तर्फबाट गाउँपालिकाकी उपाध्यक्ष उम्मेदवार ब्युझना पुनका लागि मत मागिरहेका छन ।
बाँफिकोटमा कांग्रेस र एमालेको तर्फबाट गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवै उम्मेदवार छन् । जहाँ नेपाली काग्रेसको तर्फबाट उपाध्यक्षमा हिरा केसी छिन् । बाँफिकोट गाउँपालिका निर्वाचन अधिकृत जनकराज पन्तका अनुसार काग्रेस र एमालेका अध्यक्ष् उपाध्यक्षका कुनै पनि उम्मेदवारले मनोनयन फिर्ता लिएका छैनन् ।
मनोनयन दर्ता फिर्ता लिने समय भन्दा पछि दुई पार्टीबीच अध्यक्ष र उपाध्यक्ष पदमा तालमेल गरेर जाने सहमति भएपछि यस्तो गरिएको पार्टीका उम्मेदवारहरूले बताएका छन् । नेपाली कांग्रेसको तर्फबाट गाउँपालिका उम्मेदवार बनेका बाँठाले अध्यक्षमा काग्रेस र उपाध्यक्षमा एमालेलाई सहयोग गर्नेगरी चुनावी तालमेल भएको बताएका छन ।
उनका अनुसार तालमेल पछि चुनावी सभा तथा घरदैलो कार्यक्रम पनि संयुक्त रूपमा भैरहेका छन । उक्त गाउँपालिकामा माओवादीको तर्फबाट अध्यक्षमा धर्मबहादुर केसी र उपाध्यक्षमा मनकला पुन रहेका छन । उक्त गाउँपालिकामा माओवादीको जनमत बढी देखेपछि आफ्नो जीत सुरक्षित गर्ने भन्दै काग्रेस र एमालेले मनोनयन फिर्ता नलिएरै पनि सयुक्त चुनावी तालमेल गरेका हुन । थाहाखबरबाट
फेसबुकबाट कमेन्ट गर्नुहोस्