सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

फेसबुक मालीक जुकरबर्ग एमालेमा प्रवेश ?!

सामाजिक संजाल फेसबुकका प्रमुख मार्क जुकरवर्ग नै एमालेमा प्रवेश गरे भन्दा तपाईलाई अचम्म लाग्न सक्छ । तर अचम्म मान्नुपर्ने त्यस्तो केही छैन । एमाले सचिव योगेश भट्टराईले नै जुकरबर्गले एमाले प्रवेश गरेको आधिकारिकता पुस्टि गरेका हुन ।

पार्टीका प्रचार बिभाग प्रमुखले सार्बजनिक रुपमा नै बोलेको कुरालाई आधिकारिकता नमानी पनि सुखै छैन । सोमबार पार्टीको प्रचार बिभागले आयोजना गरेको नियमित पत्रकार भेटघाटको अवसरमा सचिव योगेशले जुकरवर्ग एमाले प्रवेश गरेको कुरालाई साँच्चीकै नभई बेग्लै प्रसंगमा उदाहरणको रुपमा बोलेका हुन ।

अबको तीन दिन सामाजिक संजाल लगायतका माध्यममा एमालेको प्रचार हावी हुने सन्दर्भमा सचिव भट्टराईले यस्तो धारणा राखेका थिए । उनले भने–‘अव प्रचारमा हामी हावी हुन्छौँ, सामाजिक संजालमा हामी हुन्छौँ । त्यो देखेर कतिपयले भन्ने छन, जुकरवर्ग पनि एमाले प्रवेश गरेछन कि क्या हो ? कतिपयले त जुकरवर्ग आफै एमाले रहेछ भन्न पनि सक्छन ।

उनले वर्तमान सरकारलाई आईसियुमा भएको बताउँदै एयर एम्बुलेन्स चढ्न तयार भएको दावी गरेका छन । उनले भने–‘यो सरकार आईसियुमा छ, यसलाई बचाउन अनेक प्रयत्न भईरहेका छन, जति गरेपनि यो बाँंच्नेवाला छैन, जेठ १ गते यो एयर एम्बुलेन्स चढ्छ ।’

गच्छदारको पार्टी सरकारमा जानुलाई सरकार बचाउने असफल प्रयास भएको उनले टिप्पणी गरेका छन । उनले भने–‘जेठ १ गते यो सरकार जान्छ, दोस्रो चरणको निर्वाचन एमालेले गराउनु पर्ने अवस्था आउँछ, तपाईहरुलाई म आज यति मात्र भन्छु ।’

फेसबुकबाट कमेन्ट गर्नुहोस्