फर्किने भए सुनिल ग्रोबर कपिल शर्मा शोमा
टेलिभिजनमा कमेडी शो सञ्चालन गरेर तारिफ पाएका कमेडियन कपिल शर्मा अहिले पनि चर्चामा छन् । तर, उनको चर्चा अहिले कमेडी शोको कारण होइन सहकर्मी सुनिल ग्रोवरसँग भएको झगडाले हुने गरेको छ ।
सुनिलले साथ छाडेपछि कपिलको शोको टीआरपी गीरेको थियो भने, अहिले फेरि उनको कार्यक्रमको टीआरपी माथि आउन थालेको छ । यहि विचमा सुनिल पुनः कार्यक्रममा सहभागी हुन लागेको सन्देश कपिलले दिएका छन् ।
भारतीय मिडियाहरुले अर्को हप्तादेखि ‘द कपिल शर्मा शो’मा सुनिल आउन लागेको उल्लेख गरेका छन् । अघिल्लो हप्ता मात्रै कपिल सुटिङको क्रममा बेहोस भएपछि कोकिलाबेन अस्पताल भर्ना भएका थिए ।
अस्पतालवाट डिष्चार्ज भए लगत्तै फेसबुक लाइभ मार्फत दर्शकको बिचमा आएका कपिलले सुनिल कार्यक्रममा फर्किन लागेको जानकारी दिएका थिए ।
के तपाइको शोमा सुनिल फेरि देखिन्छन् ? एक फ्यानले सोधेको प्रश्नको जवाफमा कपिलले भनेका छन–‘सुनिल मेरा निकै नजिकका मित्र हुन् । उनी कुनै पनि वेला मेरो शोमा आउन सक्छन् ।’
उनले फेसबुक लाईभमै आफुले सुनिलसँग भेटेर कुरा गरेको जानकारी पनि गराएका थिए । झगडापछि पनि कपिल र सुनिलविच केही पटक भेटघाट भएको भारतीय मिडियाले उल्लेख गरेका छन ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्