नयाँ प्रधानन्यायाधीश आईसके, पुरानैको मुद्दा चल्दैछ
तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध दायर महाअभियोग सम्बन्धी रिटको संवैधानिक इजलासमा सुनुवाई हुने भएको छ ।
कामु प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले यो मुद्दा संवैधानिक इजलासमा पठाउने निर्णय सुनाएको हो ।
साथै संसदमा दर्ता भएको महाअभियोग फिर्ता भए नभएको जानकारी गराउन पनि भनिएको अधिवक्ता सुनिल रञ्जन सिंहले बताएका छन ।
कांग्रेस र माओवादी केन्द्रका सांसदहरुले तत्कालीन प्रधानन्यायाधीश कार्कीविरुद्ध महाअभियोग दर्ता गरेका थिए ।
त्यसविरुद्ध परेको रिटमा न्यायाधीश चोलेन्द्रसमशेर जबराको एकल एजलासले महाअभियोग अघि नबढाउन अन्तरिम आदेश थिएको थियो । लगतै कार्की पुनः काममा फर्किएकी थिइन् ।
उनले उमेर हदका कारण अवकास पाइसकिन् भने दलहरुले पनि महाअभियोग प्रस्ताव फिर्ता लिइसकेका छन् । तर, अदालतमा मुद्दा भने टुंगिएको छैन ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्