सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

अंगीकृतलाई संबैधानिक पद दिने पक्षमा छैनौँ; महन्थ

राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले अंगीकृत नागरिकलाई राष्ट्रपति र प्रधानमन्त्री बनाउने पक्षमा राजपा नरहेको बताएका छन् ।

वीरगन्ज महानगरपालिका–२१ पटेलनगरमा आयोजित पत्रकार सम्मेलनमा संयोजक ठाकुरले अन्तरिम संविधानमा भएको व्यवस्थानुसार नै नागरिकता वितरणका पक्षमा राजपा रहेको प्रस्ट पारेका छन ।

यद्यपि वैवाहिक अंगीकृत नागरिकता लिएकी महिलाले श्रीमान सरह अधिकार पाउनुपर्ने उनले बताएका छन । नेता ठाकुरले मोर्चासँग भएको सहमतिलाई सरकारले पूरा गरे स्थानीय तह निर्वाचनमा सहभागी हुन राजपा तयार रहेको भन्दै निर्वाचनमा सहभागी हुने वातावरण निर्माण गर्न सरकारलाई आग्रह गरेका छन ।

निर्वाचनमा दल दर्ता गरिए पनि मधेसका माग सम्बोधन नभएसम्म राजपा चुनावमा नजाने उनले स्पष्ट पारेका छन ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्