सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

ललितपुरमा लागुऔषध कारोबारीमाथी प्रहरीको ईन्काउन्टर

प्रहरी ‘इन्काउन्टर’मा परी ललितपुरको कुसुन्तीमा प्रविन खत्रि गम्भीर घाइते भएका छन् । हतियार रहेको सुराकीका आधारमा खत्रिको घरमा पुगेको प्रहरीमाथी गोली चलाएपछी प्रहरीको जवाफी कारबाहीमा खत्रिलाई गोली लागेको प्रहरीले जनाएको छ ।

लागूऔषधको कारोबारमा संलग्न रहेका प्रवीण खत्रीसँग हतियार रहेको सुराकीका आधारमा महानगरीय अपराध महाशाखाको टोली उनको घरमा पुगेको थियो । अपराध महाशाखा प्रमुख एसएसपी दिनेश अमात्यका अनुसार खत्रिले प्रहरीले देख्ने बित्तिकै गोली चलाएका थिए ।

एसएसपी अमात्यले भने –‘म घटनास्थलमै छु । उसको साथबाट दुई वटा पेस्तोल भेटिएको छ । उसलाई उपचारका लागी अस्पताल पठाइएको छ ।’ गोली लागेका खत्रीलाई पाटन अस्पताल लगिएको छ । उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्