सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

पुर्वगृहमन्त्री निधिका अंगरक्षकले पेस्तोल निकालेपछी

पूर्वउपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिको सुरक्षामा खटिएका नेपाल प्रहरीका सहायक निरीक्षक (असई) ले कीर्तिपुरको फन पार्कमा निःशुल्क प्रवेश नपाएपछि कर्मचारीलाई धम्की दिएका छन् ।

चोभारस्थित हुपिल्यान्ड एम्युजमेन्ट एण्ड बाट पार्कको टिकट काउन्टरका कर्मचारीले निःशुल्क प्रवेश नदिएपछि निधिको अंगरक्षकमा खटिएका असई नागेन्द्र राउतले साथमा रहेको पेस्तोल ताकेर ज्यान मार्ने धम्की दिएका हुन् ।

घटना मंगलबार दिउँसो १ बजेको हो । प्रहरी प्रधान कार्यालयका अनुसार निधिका स्वकीय सचिव विश्वास विक्रम तथा उनको परिवार लिएर पेस्तोलसहित चोभार पुगेका असई राउतले आफू प्रहरी भएको भन्दै निःशु्ल्क प्रवेश गर्न खोजेका थिए ।

तर, काउन्टरका कर्मचारीले नमिल्ने बताएपछि उनले पेस्तोल निकालेर उडाइदिने धम्की दिएका हुन । त्यसपछि पार्कमा हल्लाखल्ला मात्रै भएन, केही बेरमा महानगरीय प्रहरी वृत्त कीर्तिपुरबाट भ्यान आईपुग्यो । असई राउतलाई समेत पक्राउ गरी कीर्तिपुर प्रहरीले वृत्तमा पुर्यायो । तर, केही घन्टामै राउत नेताको दबाबमा छुटेका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्