पाँचथरमा पहिरोले एकको मृत्यु, तिन बेपत्ता
विहीबार विहानबाट परेको अविरल वर्षाका कारण पाँचथरको फालेलुङ गाउँपालिका वडा नं. १ मा पहिरो जाँदा एक बृद्धको मृत्यु भएको छ भने तिन वटा घर बगाएको छ । मृत्यु हुनेमा ८० वर्षिय त्रिलोचन विक रहेका छन् ।
त्यस्तै फालेलुङ गाउँपालिका वडा नम्बर ३ (साविक मेमेङ) गाविसको ताङलेपामा रहेको नेवा खोलाले बगाएर ३ जना बेपत्ता भएका छन । खोलाले बगाएर बेपत्ता हुनेहरुमा स्थानिय बिष्णु राई, उनीकी छोरी सुस्मिता र नातिनी रहेको स्थानिय दिपेन्द्र चौहानले बताएका छन ।
उनकै घरबाट झरेको पहिरोले पावर हाउसमा बसेका उनीहरुलाई बगाएर बेपत्ता बनाएको हो । प्रहरी चौकी जोरपोखरी, भैरवी दल गणको टोली र स्थानियहरु मिलेर बेपत्ताको खोजी कार्य भइरहेकोे भैरवी दल गणका गणपति शिवराम पन्तले जानकारी दिएका छन ।
पहिरोले कमल जवेगुको घर र खेत, तथा निलु बाँनियाको घर बगाएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरिक्षक नकुल पोख्रेलले बताएका छन् । अहिले दुवै घटनास्थलमा उद्धारका लागि जिल्ला प्रहरी कार्यालय पाँचथर, प्रहरी चौकी जोरपोखरी र चरिभन्ज्याङको टोली पठाईएको उनले वताएका छन ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्