सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

देशैभर बाढीको वितण्डा, २३ को मृत्यु, दर्जनौँ वेपत्ता

शुक्रबार रातिदेखी परेको अविरल बर्षाका कारण कारण आएको बाढी पहिरोले देशभर बितण्डा मच्चाएको छ । यो समाचार तयार पार्दासम्म हामीलाई प्राप्त भएको जानकारी अनुसार बाढी र पहिराले २३ जनाको ज्यान लिईसकेको छ ।

बाढी पहिरोले दजनौँ घर बगाएको छ भने सयौँ बिघा जमिन डुवानमा परेको छ । बाढिपहिरोमा परि दर्जनौँ बेपत्ता भएका छन । मृतकहरुको संख्या अँझै बढ्न सक्ने देखिन्छ । गृहमन्त्रालयले पनि २३ जनाको मृत्यु भएको पुष्टि गरेको छ ।

आधिकारीक रुपमा ४ जना हराईरहेको भन्ने खबर छ तर हराउनेहरुको संख्या दर्जन बढि हुनसक्ने अनुमान गरिएको छ । वस्तु चौपायाको विवरण संकलन भएको छैन ।

बाढीले पश्चिम नेपालका तीनवटा पक्की पुल बगाईदिएको छ । झापा, मोरङ, सुनसरी, सप्तरी, सर्लाही र रौतहट जिल्ला पूर्णरुपमा डुबानमा परेका छन् । राप्ती नदीपारिको वस्तीसमेत डुबेको छ ।

अहिलेसम्मको विवरण अनुसार सुनसरीमा ६, सिन्धुलीमा ४, बाँकेमा ४, झापामा १ र मोरङमा १ जनाको मृत्यु भएको छ । शुक्रबार मात्रै पाँचथरमा पहिरोमा परेर ४ जनाको मृत्यु भएको थियो ।

शनिबार बिहानसम्म प्राप्त विवरण अनुसार सुनसरीको इटहरी उपमहानगरपालिकामा बाढीले बगाउँदा वालवालिका र वृद्धसहित ६ जनाको शव फेला परेको छ ।

मोरङको केराबारी ९ कुसुमे गौडामा लोहोन्द्रा खोलाले बगाउँदा स्थानीय १ जनाको मृत्यु भएको भनिएको छ । एकिन विवरण भने प्राप्त भएको छैन । मोरङको सुन्दर हरैंचामा वृद्धाश्रममा रहेका ३ जना ज्येष्ठ नागरिकलाई बगाएर बेपत्ता बनाएको छ ।

बिराटनगर महानगरपालिका पूरै जलमग्न देखिएको छ । मोरङ जिल्लामा करिब १५ सय घरहरु डुबानमा परेको प्रारम्भिक रिपोर्ट आए पनि क्षतिको पूर्ण विवरण आइसकेको छैन । नेपाल टेलिकमको सञ्चार सेवा रहस्यमय तरिकाले अवरुद्ध हुँदा सूचना संकलन गर्न कठिनाइ भइरहेको प्रहरीले जनाएको छ ।

झापामा पनि बाढीले ठूलो मात्रामा जमिन र घरहरु डुबानमा पारेको छ । झापामा बाढीका कारण एकको मृत्यु भएको छ भने दुईजना बेपत्ता बनेका छन् । सिन्धुलीमा पहिरोमा परी उदयबहादुर खड्काकी श्रीमती, २ छोरा र एक छोरी गरी परिवारका ४ जनाको मृत्यु भएको छ ।

दाङमा बबईको बाढीले तुल्सीपुर बजारलाई डुबानमा पारेको छ भने राजमार्ग भत्किँदा तुल्सीपुर र घोराहीको सम्पर्क विच्छेद भएको छ । बाँकेको गाँवर खोलामा आएको बाढीका कारण एकै घरका ३ सहित चारजनाको मृत्यु भएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्