बाढीपहिरोमा परी ज्यान जानेको संख्या १०० नाघ्यो
भारी बर्षाका कारण देशका विभिन्न ठाउँमा आएको बाढी, पहिरो र डुबानमा परी १०० भन्दा बढिले ज्यान गुमाएको गृह मन्त्रालयले जनाएको छ ।
गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीका अनुसार अहिलेसम्म १ सय जनाको ज्यान गएको आधिकारीक पुष्टि भएको छ । अन्य थप १५ जनाको पुष्टि हुन बाँकी रहेको भनिएको छ ।
बाढी पहिरोमा परी देशका बिभिन्न भागमा ३८ जना बेपत्ता भएका छन् । बाढीपहिरोमा सयौँ वस्तुभाउको मृत्यु हुनुका साथै सयौँ बगेर बेपत्ता भएका छन ।
बाढी पहिराले २ हजार ८४७ घरमा पूर्ण रुपमा क्षति पुर्याएको छ भने ३ हजार ७२७ पूर्वाधार संरचनामा क्षति भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
बाढी पहिरो पीडितको राहत तथा उद्दारमा सुरक्षाकर्मीसहित झण्डै २७ हजार भन्दा बढी जनशक्ति खटिएका छन् । आजबाट राहत वितरणको काम सुरु गरिएको छ ।
बाढी तथा डुवान प्रभावित तराई मधेसका १२ जिल्लामा त्रिपाल, कम्बल, म्याट्रेसका साथै चिउरा, बिस्कुट, चाउचाउ, भुजा, पानीका साथै जीवनजल, सिटामोल समेत वितरण गरिएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्