सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

प्रहरीमा ११७२ लाई जागीर (विज्ञापन र फारमसहित)

नेपाल प्रहरीले मंगलबार एक सूचना प्रकाशन गर्दै विभिन्न पदमा गरी १ हजार १ सय ७२ जना जनशक्ति माग गरेको छ । प्रहरी निरीक्षकमा ९१ जनाको माग गरिएको छ । ९१ जनामध्ये ४९ जना खुल्ला तर्फबाट छनौट गरिनेछ ।

२ जना अमर तथा अशक्त प्रहरीको परिवार, १२ जना आदिबासि जनजाति, १२ जना दलित, ८ जना महिला र ६ जना मधेसी र २ जना पिछडा वर्गका कोटा लागि छुट्टाइएको छ । प्रहरी निरीक्षकमा दरखास्त दिनेले आवेदन शुल्क ७ सय रुपैयाँ तिर्नुपर्नेछ ।

त्यसैगरी प्रहरी सहायक निरीक्षकको लागि ३ सय १४ जनाको माग गरिएको छ । जसमा १६९ खुल्ला तर्फबाट माग गरिएको छ । बाँकि ६ अमर तथा अशक्त प्रहरीको परिवार, ४४ जना आदिवासी जनजाति, ३९ मधेसी, २८ महिला, २१ जना दलित तथा ७ जना पिछडा वर्गको लागि कोटा छुट्टाइएको छ । यसको आवेदन शुल्क ३ सय रुपैयाँ तिर्नुपर्ने छ ।

प्रहरी जवानमा ७ सय ६७ जना माग गरिएको छ । जसमध्ये ४ सय १४ खुल्लातर्फबाट माग गरिएको छ । अमर तथा अशक्त प्रहरीको परिवारका लागि १५, आदीवासी जनजातीका लागि १ सय ८ जना, मधेसी ९४, महिला ६८, दलित ५१ र पिछडा बर्गका लागि १७ जनाको कोटा छुट्टाइएको छ । यसमा आवेदन दिनले भने १ सय रुपैयाँ आवेदन शुल्क तिर्नुपर्ने छ ।

विज्ञापन हेर्न तथा डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोला ।

दरखास्त फाराम डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोला ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्