सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

जापानमा भयो पहिलो पटक तीज गित प्रतियोगीता

जापानमा पहिलो पटक तीज गीत प्रतियोगिता भव्यताका साथ सम्पन्न भएको छ । सोमबार टोकियोमा सम्पन्न भएको प्रतियोगीतामा ६ ओटा समुहको सहभागीता रहेको थियो ।

तीज गीत प्रतियोगितामा गल्कोट समाज जापान र टोकियो रोधी क्लव प्रथम भएका छन । त्यस्तै गोरखा समाज जापान र देउराली समूह जापान दोस्रो भएका थिए । प्रतियोगीतामा सहभागी मोना जापान र वेए(वी आर द युथ) ग्रुपको प्रस्तुती पनि राम्रो रहेको थियो ।

तीज गित प्रतियोगिता जापानमा रहेका चर्चित कलाकारको अग्रसरतामा यूनिक मल्टीमीडियाले आयोजना गरेको थियो । कार्यक्रमको निर्णायकमा गायक रामकृष्ण बम मल्ल, पत्रकार तिलक मल्ल र गायिका लालमती थापा रहेका थिए ।

दुर्गा बहादूर खत्रीले कार्यक्रम संयोजन गरेका थिए भने पत्रकार सन्तोष चोखालले कार्यक्रम संचालन गरेका थिए । जापानका लागी पर्यटन प्रतिनिधि अनुज थापाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा गल्कोट समाज जापानका अध्यक्ष नर बहादुर थापा, मोना जापानका अध्यक्ष महेन्द्र बानियाँ, म नेपाली ग्रुपकी संयोजक स्मृति आचार्य लगायतको उपस्थिती रहेको थियो ।

तीज गित प्रतियोगिता टोकियो रोधी क्लवको सभाहलमा भएको थियो । प्रतियोगितामा गायक सूर्य खड़का, गायक समुन्द्रराज पौडेल लगायतको प्रस्तुतीले कार्यक्रमलाई थप रमाईलो बनाएको थियो ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्