सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

हाम्रो सम्बन्ध जनता भन्दा सुनधाराका होटलसँग

माओवादी केन्द्रका प्रभावशाली नेता रामबहादुर थापा ‘बादल’ले माओवादी पार्टी जनमुखी हुन नसकेको बताएका छन । पार्टी प्रशिक्षणका लागि बिराटनगर पुगेका नेता बादलले नेता कार्यकर्ता जनमुखी भन्दा बढि व्यक्तिमुखी भएको बताएका छन । प्रशिक्षणकै क्रममा बादलले आफूहरुले साम्यवादी ध्येय भने नभुलेको बताएका छन् ।

नेता बादलले भने–‘हामीले प्रगतिशील संविधान निर्माण गरेका छौं । गणतन्त्र, संघीयता जस्ता उपलब्धिहरुलाई संस्थागत गरेर विकास र समृद्धिलाई सुदृढ पार्नेछौं । अबको हाम्रो जोड समाजवादको आधार तयार पार्नु हुनेछ । हामीले साम्यवादी ध्येय भुलेका छैनौं, साम्यवादी आदर्शप्रति हामी दृढ छौं ।’

माओवादी केन्द्रको जनतासँगको सम्बन्ध टुटेको बताएका छन । उनले भने–‘हाम्रो जनतासँग सम्बन्ध टुटेको छ । अहिले हाम्रो सम्बन्ध सिंहदरबार र सुनधाराका होटलहरुमा छ, यसरी पार्टी बन्दैन । तपाईहरु आफ्नै कार्यक्षेत्रमा जानुस् जनताको दुःखसुखमा साथी बन्नुस् । यसरी मात्र माओवादी पार्टी र आन्दोलनलाई नयाँ बनाउन सकिन्छ ।’

उनले अगाडी भने–‘एमाले जनताको पार्टी हैन । जनताको परिवर्तनको आन्दोलनमा खास योगदान पनि छैन,’ नेता बादलले भने, ‘तर, जनतालाई भ्रम दिन, कनिका छर्न एमाले सिपालु छ । त्यसलाई हामीले चिर्नुपर्छ । जनसम्बन्ध नयाँ ढंगले सुदृढ गर्नुपर्छ ।’

फेसबुकबाट कमेन्ट गर्नुहोस्