‘म्युजिकल टुर’का लागी उगेश लिम्बु जापान आउँदै
रेलिमाई रेलिमाई, यो कस्तो अल्झिएको सोच, अंगालोमा जस्ता दर्जनौँ गितका गायक उगेश लिम्वु डिसेम्वर १० मा टोकियो आउने भएका छन । पप प्याटर्नका गितमा छुट्टै पहिचान बनाएका गायक लिम्बुले टोकियोमा बढ्दै गरेको जाडोमा आफ्ना फ्यानहरुलाई तताउनेछन ।
विश्वका बिभिन्न देशहरुमा ‘म्युजिकल टुर’ गर्दै हिँडेका लिम्बु डिसेम्बरको यो चिसोमा पप पारखीहरुलाई तताउन जापानको टोकियो स्थित नाकानो जेरो हलमा आउँदैछन । उगेश लिम्वु लाइभ इन टोक्यो नाम दिईएको सांगितिक कार्यक्रममा नेप्सोल र स्वस्तीक ब्याण्डले पनि आफ्नो प्रस्तुती दिँदैछ ।
सांगितिक कार्यक्रमलाई दावा शेर्पाले उद्घोषण गर्नेछन । डान्सरहरु यांकी गौचन र प्रिति लामा तितुङले धमाकेदार नृत्य प्रस्तुत गर्नेछन । जापानमा रहेका अन्य कलाकारहरुले पनि प्रस्तुती दिनेछन । शेर्पा इभेन्टस एण्ड इन्टरटेनमेन्टका सञ्चालक एल सोनाम शेर्पाले यो सांगितिक कार्यक्रमलाई आयोजना गरेका छन ।
डिजे एशोसिएसन, शेर्पा संघ टोकियो, शेर्पा संघ तोकाई, शेर्पा ईन्टरटेन्मेन्ट, तामाङ्ग कलाकार संघ जापान, काभ्रेली समाज जापान र सोलु जापान युथ ग्रुपले कार्यक्रमलाई बिशेष सहयोग गरेका छन । हिकारी कम्पनी लिमिटेडका निमा लामा शेर्पा र बारकाँडे रेष्टुरेन्टले कार्यक्रमलाई प्रायोजन गरेर सहयोग गरेका छन ।
कार्यक्रम डिसेम्बर १० आईतबारका दिन साँझ ठिक ६ बजेबाट सुरु हुनेछ । उगेश लिम्वु लाईभ पछी डिसेम्बर ३१ मा नेवा डाईनिङ्गमा न्यु इयर ईभ पनि आयोजना गरिनेछ । त्यसका साथै विन्टर स्पोर्टसका साथै फुजी हिमाल आरोहन लगायत नेपालको पर्यटन प्रवद्र्धन सम्बन्धि बिभिन्न कार्यक्रमहरु आयोजना गरिने शेर्पा इभेन्ट एण्ड इन्टरटेन्मेन्टका सञ्चालक एल सोनाम शेर्पाले बताएका छन ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्