सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

निकिता पौडेलले ५० लाख घुस दिएको खुलासा

विगत ६ महिना देखि रिक्त अवस्थामा रहेको चलचित्र विकाश बोर्डको अध्यक्ष पदमा निकिता पौडेल नियुक्त भएकी छिन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले निकितालाई चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्ति गरेको हो ।

निकिता चलचित्र विकाश बोर्डकी पहिलो महिला अध्क्षय बन्न सफल बनेकी छिन् । गोपीकृष्ण मुभिज तथा गोपीकृष्ण इन्टरटेनमेन्टकी अध्यक्ष समेत रहेकी निकिताले गत भाद्रमा अध्यक्षको लागि आवेदन दिएकि थिईन ।

अध्यक्ष पदको लागि योग्य हुन सरकारले कम्तिमा १० बर्ष सोहि क्षेत्रमा काम गरेको र स्नातक पास गरेको योग्यताको माग गरेको थियो । यी सबै योग्यता निकितामा भएकाले पनि उनि अध्यक्ष पदको लागि योग्य थिईन ।

पौडेल चलचित्र विकास बोर्डको अध्यक्ष त बनिन तर यस अघिका अध्यक्षहरु जस्तै विवाद मुक्त हुनभने सकिनन् । नव नियूत्त अध्यक्ष पौडेलका एक जना पतिष्पर्धीका अनुसार पौडेलले अध्यक्ष हुनका लागी करिव ५० लाख रुपैयाँ घुस दिएको खुल्नमा आएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्