ओली र दाहालबिच के कुरा भयो एक घण्टा ?
प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव सकिएपछि पहिलो पटक वाम गठबन्धनका दुई नेताबीच शुक्रबार भेटवार्ता भएको छ । काठमाडौंमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच एक घन्टा लामो भेटवार्ता भएको ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिएका छन ।
एक नेताको घरमा दिउँसो ३ देखि ४ बजेसम्म दुई नेताबीच निर्वाचनपछि वाम गठबन्धन पाएको बहुमत र भावी रणनीतिका बिषयमा छलफल भएको थियो ।
ओलीका प्रेस संयोजक चेतन अधिकारीले भने–‘दुबै नेताबीच नयाँ सरकार बनाउने विषयमा पनि कुरा भयो । पार्टी एकता प्रक्रियालाई पनि छिटै अगाडि बढाउने समझदारी भएको छ, दुबै नेताले पार्टी एकता विरोधी गतिविधि नगर्न कार्यकताई आग्रह गर्नुभएको छ ।’
ओली र दाहालले काम चलाउ सरकारले धमाधम नियुक्ति गरेको विषयमा पनि आपत्ती जनाएका छन । दुबै नेताले नयाँ सरकार गठनका विषयमा पनि कांग्रेसले अनावश्यक कानुनी बखेडा झिकिरहेको निष्कर्ष निकालेका छन ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्