सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

श्रीमानकै साथीद्वारा बलत्कार र हत्याको प्रयास

ललितपुरमा चार साताअघि सामूहिक बलात्कार र हत्या प्रयासको घटनामा संलग्न अभियुक्तहरु पीडित युवतीकै श्रीमानका साथीहरु भएको खुलेको छ । पक्राउ परेका रघु सिलवाल, बिशालध्वज कार्की र पवन कुँवर पीडित युवतीकै श्रीमानका साथीहरु भएको प्रहरीले बताएको छ ।

शुक्रबार महानगरीय प्रहरी परिसर ललितपुरले पक्राउ परेका तीनै जनालाई जबर्जस्ती करणी र ज्यान मार्ने उद्योग मुद्दामा कारबाही अघि बढाएको छ । शुक्रबार उनीहरुलाई अदालतमा पेश गरी मुद्दा प्रक्रिया अघि बढाइएको ललितपुर परिसरका प्रवक्ता डिएसपी नरेन्द्र चन्दले बताएका छन ।

गत मंसिर २ गते अफिसबाट घर फर्कंदै गर्दा ललितपुरमा युवतीको सामूहिक बलत्कारको प्रयास गर्दा प्रतिकार भएपछि हत्या प्रयास भएको थियो । गोदावरी नगरपालिकाको बाँडेगाउँमा २१ वर्षीय युवतीको उनीहरुले नै हत्या प्रयास गरेको प्रहरीले जनाएको छ । पीडित पक्षले बलात्कार नै भएको भन्दै जाहेरी दिएको डिएसपी चन्दले जनाएका छन ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्