प्रेमिकाकै सहयोगमा बालिकामाथी यौन शोषण
एक भारतीय युवकले प्रेमिकाकै सहयोगमा बालिकामाथि ३ महिनादेखि यौन शोषण गर्दै आएको खुलासा भएको छ । राजधानीको ओमबहाल बस्ने भारतीय नागरिक ३२ वर्षिय उमेश सोनीले प्यूठान घर भएकी प्रेमिका जानुका गिरीकै सहयोगमा यौन शोषण गर्दै आएको खुलासा भएको हो ।
अहिले सोनी र गिरी दुवै जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको छ । आर्थिक अवस्था कमजोर भएकी ति बालिकालाई पढाईदिने भन्दै उनले गाउँबाट काठमाडौं ल्याएकी थिइन् । डेरामा लगेर उनले बालिकालाई यौनशोषण गराउँदै आएको प्रहरीले जनाएको छ ।
उनी भारतीय प्रेमि सोनीसँग ६ महिनादेखि सँगै बस्दै आएकी थिइन् । ओमबहालमा डेरा गरी बस्ने गिरीका श्रीमान बैदेशिक रोजगारीका क्रममा बिदेशमा छन् । प्रहरीले भारतीय नागरिक सोनी र जानुका दुवैलाई गत आइतबार पक्राउ गरी जर्बजस्ती करणी मुद्दामा कारबाही अघि बढाएको छ ।
मुख्य अभियुक्त सोनी पेशाले इलेक्ट्रिसियन छन् । ‘जानुकाकै सहयोग र सहमतिमा यौन शोषण हुँदै आएको अनुसन्धानमा खुलेको छ, । डिएसपी थापाले भने, ‘भारतीय नागरिकले बिहे गरेर राजस्थान लैजान्छु भनेर प्रलोभनमा पारेर समेत यौनशोषण गरेको पीडित बालिकाले बताएकी थिइन् ।’
पीडित बालिका गत साता ओमबहालको एक पसलमा विषादी किन्न गएकी थिइन् । पसलेले बालिकासँग सोधपुछ गर्दा उनले आत्महत्या गर्न लागेको खुलेपछी यो सबै रहश्य खुलेको हो । ती पसलेकै सूचनाका आधारमा आफुहरुले अनुसन्धान अघि बढाएको महानगरीय प्रहरी वृत्त जनसेवाका डिएसपी मोहन थापाले बताएका छन ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्