सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

मृग भनेर महिलालाई गोली हान्ने ४ शिकारी पक्राउ

मृग भनेर महिलालाई गोली हान्ने ४ जना सिकारी पक्राउ परेका छन । पक्राउ पर्नेमा टोखा १ का २० वर्षीय सुनिल तामाङ, १७ वर्षीय सुसान तामाङ, १८ वर्षीय विजय तामाङ र १४ वर्षीय अंकित तामाङ रहेका छन् ।

उनीहरूको साथबाट घटनामा प्रयोग भएको एक थान घरेलु भरूवा बन्दुक समेत बरामद भएको प्रहरीले जनाएको छ । सिकारीको गोली लाग्दा काठमाडौंको टोखास्थित झोरको जंगलमा एक महिला घाइते भएकी छन् । मृग भनेर ती सिकारीले महिलालाई गोलो हानेका थिए ।

बुधबार दिउँसो स्थानीय चासेडाँडाका चारजना युवा शिकार खेल्न जाँदा जंगलमा यो घटना भएको हो । घटनामा झोरकी ३५ वर्षीया दुर्गा दुलाल घाइते भएको महानगरीय प्रहरी परिसरका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक रवीन्द्र धानुकले जानकारी दिएका छन ।

दुलाल घाँस काट्न गएको बेला गोली प्रहार भएको धानुकले बताएका छन् । गोली प्रहार गर्ने युवालाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । घाइते दुलाललाई उपचारका लागि ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल टोखामा लगिएको र घाइतेको अवस्था सामान्य रहेको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्