सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

गायक जीबन दाहाल जापान जाँदा पुल भत्केपछी

गण्डक क्षेत्रमा स्टेज कार्यक्रममा चर्चित लोकदोहोरी गायक जीबन दाहालले यसपाली अंग्रेजी नयाँ बर्षका अवसरमा जापानमा आफ्ना प्रसंशकलाई उफारेका छन । जापानको ओसाका र नागोयामा सांगितिक कार्यक्रम गरेका दाहालले जाम त भने भत्केको पुल छ लगायतका गितहरु गाएर दर्शकलाई मजैसँग उफारेका थिए ।

गायक दाहाल जनवरी २ मा परदेशी क्रस कल्चर एशोसिएसन र शुभकामना नेपाल जापान फाउण्डेसनले अंग्रेजी नयाँ बर्ष २०१८ को अवसरमा नागोया शहरमा आयोजना गरेको सांगितिक कार्यक्रममा सहभागी भएका थिए ।

गायक चेतन सापकोटा र लोकदोहोरी गायिका कृष्णा गुरुङ्ग समेत सहभागी भएको उक्त कार्यक्रममा पनि गायक दाहालले दर्शकलाई राम्रैसँग मनारेञ्जन प्रदान गरेका थिए । माथी प्रस्तुत भिडियो सोही कार्यक्रममा गायक दाहालले प्रस्तुत गरेको गितको भिडियो हो ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्