सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

चेतन सापकोटा के गरेर बसे ४० दिन जापानमा ?

नेपाली चलचित्रका सफल र चर्चित संगीतकारको रुपमा स्थापीत चेतन सापकोटा जापानका ओशाका, नागोया, टोक्यो र योकोहामा शहरमा चार ओटा एकल साँझ र मिश्रीत गरी करिब एक दर्जन भन्दा बढी स्टेज सो सकेर नेपाल फर्किँदै छन ।

आफ्ना फ्यान प्रकाश रेग्मीको निमन्त्रणामा अंग्रेजी नयाँ बर्ष मनाउन बिना कुनै सेड्युल जापान आएका संगीतकार तथा गायक चेतन सापकोटा जापानकै इतीहाँसमा सबै भन्दा धेरै स्टेज सो गर्ने गायकको परिचय बनाउन सफल भएका छन ।

चेतनको सरल, मिलनसार, हँसीलोपन अनी सबैलाई जय मायाँप्रेमको बन्धनमा बाँध्ने क्षमता नै उनको सफलताको राज हो भन्छन जापानका संगीतप्रेमीहरु । उनलाई आमन्त्रण गर्ने प्रकाश रेग्मी भन्छन–‘कार्यक्रममा गएको चेतन दाईलाई कसले किडन्याप गर्ने हो चिन्ता मलाई (हा हा हा हा ) । मैले न्यू एयर मनाउन बोलाएको दाई त न्यू एयरमा गायब । ३ दिन पछी भेट भयो ।’

एनआरएनए कान्साईको आयोजनामा भएको नयाँ बर्ष सांगीतीक धमाका कार्यक्रममा चेतन सापकोटाको गीतमा दर्शकहरु मजैसँग झुमेको बताउँछन एनआरएनए कान्साईका सल्लाहकार नरेन्द्र बस्नेत र कार्यक्रम संचालक तथा पत्रकार पुरुषोत्तम लामीछाने ।

नागोयाका ब्यवसायीहरु गोबीन्द श्रेष्ठ र डीलाराम खरेल भन्छन–‘सच्चा संगीतको पुजारी हो चेतनजी । कुनै घमण्ड छैन, डीमान्ड छैन । बाहीरी आवरण र भित्री मन फरक छ ।’

जापान बसाईका क्रममा संगीतकार तथा गायक चेतन सापकोटाले टोक्योमा दुई ओटा एकल साँझ गरे भने योकोहामा र ओशाका सहरमा एक–एक ओटा एकल साँझ मार्फत संगीतप्रेमी नेपालीहरुलाई मनोरञ्जन प्रदान गरेका थिए । अन्य करिब एक र्दजन स्टेज कार्यक्रममार्फत उनले दर्शक श्रोताको मन जित्न सफल भएका छन ।

एकल साँझमा संगीतकार तथा गायक सापकोटाले अग्रज श्रष्टा भक्तराज आचार्यलाई ‘जहाँ छन बुद्धका आँखा’ बोलको गीतबाट सम्झिए भने अमर श्रष्टा खेमराज गुरुड्ग, सुनील बर्देवा, अरुण थापा, नातीकाजी, गोपाल योञ्जन, फत्तेमान र नारायण गोपाललाई उनीहरुका कालजयी गीतहरु गाएर सम्झना गरे ।

तामाङ समुदायको ल्होछार बिशेष सांगीतीक कार्यक्रममा पनि उनले आफुले संगीत भरेका र आफुले गाएका गीतहरुमार्फत दर्शक श्रोतालाई भरपुर मनोरञ्जन प्रदान गरेका थिए । स्टेजमा सापकोटाले ‘लास्सो फ्याफुल्ला आरीगात्तो गोजाईमास, दाँत खोलेर हाँस’ भन्दा हल हाँसोले गुञ्जन्थ्यो ।

संगीतकार गायक जन्माउने मात्रै होईन आफुले गाउन पनि सक्छन भन्ने गतिलो उदाहरणका रुपमा चेतन सापकोटाले आफुलाई चिनाएका छन । जापान बसाईलाई समिक्षा गर्दै गायक तथा संगीतकार सापकोटाले भने–‘म मेरो सांगीतीक यात्राको मध्यान्तरमा छु, अब क्लाईमेक्सतीर अघी बढ्न जापानबाट हौसला मिलेको छ ।’

नेपाली गीत, संगीत र चलचित्रलाई कसरी अन्र्तराष्ट्रियकरण गर्न सकिन्छ भन्ने बिषयमा जान्न बुझ्न यो सालको विदेश यात्रा जापानका लागी तय गरेका सापकोटाले जापान बसाईका क्रममा दुई ओटा गीतको म्युजिक भिडियो समेत खिच्न भ्याएका छन ।

स्वर, शब्द र संगीत आफैले गरेको ‘आमाले सम्झिन कि क्या हो घरको याद आयो’ र ‘तिमिले हाँसी दिए पुग्छ’ बोलका गीतको जापानका बिभिन्न रमणिय स्थानमा छायांकन गरिएको छ । नेपालमा गएर बाँकी भाग छायांकन गरी चाँडै गीत बजारमा ल्याउने गायक तथा संगीतकार सापकोटाले बताएका छन ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS