सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

आफ्नी श्रीमती लगिदिएपछी कुटिकुटी भाईको हत्या

भाईले श्रीमती लगिदिएको झोँकमा आफ्नै दाईले कुटपिट गर्दा अर्घाखाँचीमा एक मजदुरको मृत्यु भएको छ । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर ५, बागिखोलामा मजदुरी गर्ने प्रेम पासवानको कुटपिट गरी हत्या गरिएको हो ।

हत्या गरिएका पासवान कपिलवस्तुको महाराजगन्ज नगरपालिका वडा नम्बर ६ घर भई हाल सन्धिखर्कको बागिखोलामा मजदूरी गर्दै आएका थिए । ज्याला मजदुरी गर्ने २२ वर्षीय प्रेम पासवानको आफ्नै दुई दाजुहरुको कुटपिटबाट मृत्यु भएको हो ।

कुटपिट गरी भाइको हत्या गर्ने दुई दाजुहरु २९ वर्षीय दयाशंकर पासवान र २३ वर्षीय कृष्ण पासवानलाई प्रहरीले पक्राउ गरेको अर्घाखाँचीका प्रहरी निरीक्षक प्रदिपकुमार डिसीले जानकारी दिएका छन ।

हत्या गरिएका प्रेमले दाजु दयाशंकर पासवानकी श्रीमतीसँग ३ वर्षअघि बिहे गरेका थिए । सोही बिषयलाई लिएर दाजुहरुले भाईको कुटेर हत्या गरेको पाईएको छ । भाईको हत्यामा संलग्न दाजुहरुलाई कर्तव्य ज्यान कसुर अन्र्तगत कारबाही गरिने प्रहरीले जनाएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्