गौचनका हत्याका नाईके मनोज भारतमा पक्राउ
निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचन हत्या काण्डका मुख्य योजनाकार मनोज पुन गोवाबाट पक्राउ परेका छन् । हत्या, जवर्जस्ती असुली, धम्की दिने काममा संलग्न रहेर आतंक मच्चाउँदै आएका मनोज पुनलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सिआइबीले पक्राउ गरेको हो ।
पुनलाई हिजो पक्राउ गरिएको र नेपाल ल्याइँदै गरेको बताइएको छ । नेपाल प्रहरीको टाउको दुखाइ भएको पुनलाई कुनै पनि हालतमा नियन्त्रणमा लिन प्रहरीले एक विशेष टोली नै खटाएको थियो ।
प्रहरीका एक सईको कमाण्डमा विशेष टोली पुनलाई नियन्त्रणमा लिन उसलाई भेटिने सम्भावित ठाउँहरुको पहिचान गर्दै करिव ३ महिनादेखि भारतमा रहेको थियो ।
बुटवलमा यूवा संघका नेताहरुको हत्यामा संलग्न रहेको पुन समुहले काठमाडौंमा समिरमानसिंह बस्नेत समुहसँग मिलेर नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको समेत हत्या गरेको जिम्मा लिएको थियो ।
पुनकै समुहले करिव दुई महिना अगाडी काठ व्यवसायी तथा यूवा संघका नेता वसन्त पौडेल बल्लुलाई हत्या गरेको थियो भने यूवा संघकै दुर्गा तिवारीलाई ४ बर्ष अघी हत्या गरेको थियो ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्