सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

पार्टी एकता घोषणाको भोलीपल्ट फुट्यो माओवादी

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकताको लिखित सहमति भएको भोलिपल्टै माओवादी नेता गोपाल किरातीले पार्टी एकताको बिरोध गरेका छन् । नेता किरातीले आज एक विज्ञप्ति जारी गर्दै प्रचण्डले पार्टी एकता गरी जनयुद्धका शहिदहरुको अपमान गरेको र माओवादी आन्दोलनको बिघटन गरेको आरोप लगाएका छन् ।

पार्टी एकतामा असहमत नेताहरु नेकपा माओवादी केन्द्र महाधिवेशन समुह गठन गरेर महाधिवेशनमा जाने बताएका छन् । उनले भनेका छन–‘महान जनयुद्ध र अमर शहिदहरुको अपमान गरि माओवादी कम्युनिस्ट आन्दोलन समाप्त पार्ने पुष्पकमल दाहाल एण्ड कम्पनिद्वारा घटित ‘दक्षिणपन्थी काण्ड’को भण्डाफोर गर्दै नेकपा माओवादी केन्द्र महाधिवेशन समुह त्यस काण्डमा संलग्न नरहेको स्पष्ट गर्छु ।’

उनले अगाडी भनेका छन्–‘माक्र्सवाद–लेनिनवाद–माओवादको पथप्रदर्शक सिद्धान्त राष्ट्रिय समाजवादी राजनीतिक कार्यदिशा एवं पहिचानको मुद्दालाई निर्णायक तहमा स्थापित गर्न अग्रसर कमरेडहरुमा नेकपा माओवादी केन्द्र पुनर्गठन गरि अघि बढ्न बिशेष आव्हान गर्दछु ।’

फेसबुकबाट कमेन्ट गर्नुहोस्