सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

मुटु रोगको अन्र्तराष्ट्रिय स्तरको उपचार नेपालमै

प्रधानमन्त्री केपी शर्मा ओलीले महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले बनाउन लागेको नयाँ एनेक्स भवनको शिलान्यास गरेका छन । ३० करोड रुपैयाँ लागतमा बन्न लागेको मुटु रोग उपचारको उक्त सेन्टरमा हाइब्रिड अप्रेसन थिएटर सहितको हुने छ र विशिष्ठको समेत मुटु रोगको उपचार हुने छ ।

हाल एक सय बेड क्षमताको उक्त सेन्टरले ४० बेडको नयाँ भवन बनाउन लागेको हो । स्थापनाको ७ वर्षमै मुटु रोग उपचारमा उत्कृष्ट उपचार सेवाका कारण मनमोहनमा बिरामीको चाप बढ्दो छ । साथै हाइब्रिड अप्रेसन थिएटर समेत बनाइने भएको छ ।

हाइब्रिड अप्रेसन थिएटर नयाँ सोच अनुसार निर्माण हुने र जसमा क्याथ प्रोसिड्युर र शल्य चिकित्सा एकैपटक गर्न सकिन्छ । जुन नेपालमै पहिलो हुनेछ । भौतिक संरचना निर्माणको लागि नेपाल सरकारबाट ३० करोड रुपैया विनियोजन गरेको छ ।

भवनको शिलान्यास गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य उपचारमा गुणस्तरीय सेवा दिन आग्रह गर्दै मेडिकल कलेज सञ्चालनमा गुणस्तरीयता आवश्यक रहेको बताएका छन ।

भीभीआइपीका लागि सुइट सहितको परिकल्पना गरेर भवन निर्माण गरिने छ । सामान्य मानिसदेखि अति विशिष्ठको समेत उपचार गर्ने योजना सहित नया भवन निर्माण गर्न लागिएको हो ।

नयाँ भवनमा केही प्रविधि र सुविधा थपेर अन्र्तराष्ट्रिय स्तरको उपचार सेवा दिने लक्ष्य लिइएको छ । ८ बर्षअघि पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको नाममा मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको स्थापना भएको थियो । सेन्टरले एक बर्ष भित्रमा विरामीको १३ करोड रुपैयाँ बराबरको निशुल्क उपचार गरेको छ भने ६ करोड नाफा गरेको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्