सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

सम्भोगका बेला युवतीलाई साँच्चिकै पिडा हुन्छ त ?

दुनियाँभरीका युवावस्था विताइरहेका युवतीहरूको एउटै सत्य छ, चाहे ती भारतको सुदूर गाउँका हुन् या लन्डनको आधुनिक सहरमा बस्ने केटी हुन् । भिन्न भिन्न पृष्ठभूमिका भए पनि यी सबैका बीचमा एउटा कुराको समानता छ ।

युवा अवस्थामा प्रवेश गर्ने समयमा यी युवतीहरूमा यौन सम्बन्धलाई लिएर सम्भोगको समयमा दुख्छ भन्ने धारणा विकास हुन्छ । यौन शिक्षाको बारेमा केहीले जान्न पाएका छन् भने र यस्तो शिक्षाको व्यवस्था नगरिएकाले छरछिमेकका दिदी बहिनी भाउजु अथवा आमाको माध्यबाट जानकारी पाउँछन् ।

यौन सम्बन्ध राख्दा रगत बग्न सक्छ भन्ने पनि मनमा डर रहन्छ । यौनसम्बन्धी सरुवा रोगसँग पनि जुध्नुपर्ने हुनसक्छ । यति मात्र होइन, गर्भवती हुँदा युवतीहरूले प्रसव पीडा पनि भोग्नुपर्छ । यद्यपि प्रसवका समयका कैयौँ युवतीका भिडियो हामीले देखेका छौं, जसमा उनीहरू अलिकति पनि कराएको छैनन् । तर यी सबै विषयलाई लिएर आशङ्का कम भएको पाइँदैन ।

अर्कोतर्फ केटाहरूलाई यौनका विषयमा यस्ता कुरा हुँदैनन् । उनीहरू उत्तेजना र आर्गेजमको कुरा गर्छन् । उता केटीहरूको मनमा यौनको विषयलाई लिएर कैयौ किसिमका भ्रम र डर हुन्छन् । यसकारण यौनसम्बन्ध एक पक्षका लागि शङ्काको विषय हुन्छ । महिलाहरू दुखाइ हुन्छ नै भन्ने मान्छन् तर यस्तो दुखाइ पहिलो पटक सेक्स गर्दा मात्र हुन्छ भन्ने हुँदैन ।

२४ वर्षकी जेस भन्छिन, सम्भोग गर्दा पीडा र उदासिनताबाट कसरी बँच्न सकिन्छ भन्ने कुरा थाहा छैन ? उनले भनिन, ‘मैले यौनको बारेमा जे सुनेकी थिएँ, त्यसबाट धेरै तनाव भयो । म धेरै सतर्क थिएँ । म आर्गेजमलाई लिएर कैयौँ धारणाले ग्रस्त थिएँ । मलाई जे भनिएको थियो, त्यसमा यौन सम्बन्धको समयमा पनि मुक्त हुन सकिनँ । मलाई के भनेका थिए भने सम्भोगको समयमा दुख्न सक्छ र मैले नचाहेर पनि स्वीकार गर्नुपर्यो ।’

उनले भनिन, ‘मैले एक सतर्क र शिष्ट पार्टनरलाई छानेँ । यसको साथै मैले शारीरिक सम्बन्धलाई लिएर आफै केही चेकजाँच गरेँ । यदि तपाईंको पार्टनर ठीक छ भने दुखाइ भन्ने कुरा झुटो हो ।’

हनाह विन युट्युव च्यानलमा सम्भोगसँग सम्बन्धित सबै कुरामाथि चर्चा गर्छिन् । यौन सम्बन्धमा दुखाइको विषयमा उनको भनाइ छ, ‘कैयौँ महिलाहरू सम्भोगको समयमा दुखाइको सामना गर्नुको कारण सम्भोगमा दुखाइ नै निहित हो, बरु हामीलाई राम्रो यौन सम्बन्ध कसरी हुन्छ भन्ने जानकारी नभएर यस्तो हुनसक्छ ।’

सम्भोगमा कैयौँ अवस्था दर्दनाक हुन्छन् । शारीरिक सम्बन्धको समयमा तपाईंले दुखाइको सामना गर्नुपर्यो भने गम्भीर समस्या उत्पन्न भयो । रायल कलेज अफ आब्सिटट्रिसन एन्ड गाइनोकोलजिस्टकी प्रवक्ता स्वाति झा भन्छिन, ‘भर्जिनिटीमा दुखाइ कोपरिएर र एसटीआइको कारण हुनसक्छ । कैयौँ पटक लेटेक्स कन्डम र साबुनका कारण पनि पोलिन्छ ।’ स्वाति झाको भनाइ के छ भने सम्भोगका समयमा दुखेमा सेक्सुअल हेल्थ क्लिनिकमा गएर जचाउनु पर्छ ।

यद्यपि युनिभर्सिटी अफ ग्लास्गोका सिनियर रिसर्च फेलो डा. क्रिस्टिन मिसेल भन्छिन, सम्भोगमा दुखाइको सम्बन्ध पूर्ण रूपमा मनोवैज्ञानिक तथा सामाजिक कारणले गर्दा हो । क्रिस्टिनले २०१७ मा एउटा अध्ययन गरेकी थिइन् । यसमा बेलायतमा १६ देखि २४ वर्षका युवतीहरूमा १० प्रतिशतलाई सेक्समा दुखाइको सामना गर्नुपर्छ भन्ने कुरा समावेश थियो ।

उनले भनिन, ‘यदि एउटी तरुनी महिलाले चाहेजस्तो सम्भोग गर्न नपाउँदा, मन लगाएर नगर्दा, खुलेर कुरा गर्न नसक्दा वा आनन्द मानेर नगरेको अवस्था सम्भोग पीडादायी हुन्छ । सम्भोगमा आनन्दको अधिकार बराबरी होइन अथवा कम हो भन्ने महिलाहरूमा एक किसमको पूर्वाग्रह हुन्छ । कैयौं महिला कुन रूपमा स्वीर्काछन् भने उनीहरू महिला हुन, त्यसैले सम्भोग गर्दा पीडा हुन्छ ।’

अमेरिकामा एउटा अध्ययन भयो । यस अध्ययनकी रिसर्चर सारा म्याकलैन्डले महिला र पुरुषलाई उनीहरूको लागि सम्भोगको समयमा कम सन्तुष्टिको अर्थ के हुन्छ भनेर सोधेकी थिइन् । यस प्रश्नको उत्तरमा पुरुषहरूको जवाफ पार्टनरको उदासीनता भन्ने थियो भने महिलाहरूको जवाफ दुखाइ भन्ने थियो ।

किम लोलियाले पनि यस्तै अनुभवहरूको सामना गर्नुपरेको थियो । अहिले उनी महिलाहरूको बीचमा यस्तो डर र समस्याको समधान गर्ने काम गरिरहेकी छिन् । लोलिया लन्डनस्थित सेक्स एजुकेसन सर्भिसकी संस्थापक हुन् । यसका साथै उनी एउटा अनलाइन म्याग्जिन पनि निकाल्छिन् । उनको बुझाइ के छ भने असहज बनाउने सम्भोग आवश्यक छैन चाहे त्यो शारीरिक समस्याबाट होस् वा उनी चुप रहँदाको कारणले होस् ।

किम भन्छिन, ‘महिलाहरू पीडा महसुस भएको बेला चुपचाप सहन्छन, उनीहरू बोल्दैनन् । पीडा भए पनि नबोल्नुमा कि उनी आफैमा कुनै न कुनै समस्या छ भनेर कि आफ्नो पार्टनरले अन्यथा नसोचुन् भनेर डराएका हुन्छन् । सेक्सको समयमा पारस्परिक, क्रमशः र एकअर्कोलाई बुझ्ने र महसुस गर्न लायक बन्नु पर्छ ।’

फेसबुकबाट कमेन्ट गर्नुहोस्