फुकुओकाको योशिजुकामा सिटी, बम्पर योजना जारी
जापानमा रहेका नेपालीहरुमाझ नं. १ रेमिट कम्पनी सिटी एक्सप्रेस मनि ट्रान्सफर जापानको फुकुओका शाखा योसिजुका स्टेशन नजिकैबाट सुरु हुँदैछ । ग्राहकको सुबिधा र सहजतालाई ध्यानमा राख्दै योशिजुका स्टेशन नजिकै रहेको सन्नी डिपार्टमेन्ट स्टोर पारीपट्टीको बिल्डिङ्गबाट सेवा सुरु गर्न लागेको सिटी रेमिट जापानले जनाएको छ ।
जहाँ नेपाली त्यहाँ सिटी एक्सप्रेस भन्ने मुल नाराका साथ सिटी एक्सप्रेस मनि ट्रान्सफरले जापानका बिभिन्न शहरहरुमा आफ्ना शाखाहरु विस्तार गरिरहेको छ । जापानमा आक्रामक व्यापार निति अवलम्वन गर्दै आएको सिटीले फुकुओकाको बजारलाई पकडमा लिन बिशेष योजना समेत सार्बजनिक गरेको छ ।
फुकुओका शाखाका प्रतिनिधि सिर्जन श्रेष्ठका अनुसार फुकुओकाका लागी अप्रिल १ बाट सुरु भएको बिशेष योजना मे महिनाको ३१ तारिखसम्म जारी रहनेछ । बिशेष योजना अन्र्तगत मे ३१ सम्म फुकुओकाबाट नेपाल पैसा पठाउने ग्राहकहरुमध्येबाट लक्की ड्रमार्फत एक जना भाग्यशाली ग्राहकलाई नेपाल जान आउन टिकट उपहार प्रदान गरिने श्रेष्ठले बताएका छन ।
नेपाल जाने आउने टिकट सिटी टुर्स एण्ड ट्राभलमार्फत प्रदान गरिनेछ । सिटीले मे महिनाभरी फुकुओकाबाट पैसा पठाउने ग्राहकलाई हप्तैपिच्छे अन्य बिभिन्न उपहार पनि प्रदान गर्दै आएको छ । फुकुओका बिशेष योजनामा फुकुओका शाखाबाट वितरण गरिएको कार्ड र काउन्टरबाट पैसा पठाउने ग्राहक मात्रै सहभागी हुन सक्नेछन ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्