सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

खुशिको खबर ! स्तन क्यान्सरको निशुल्क परिक्षण

नेपाल अर्बुद रोग निवारण संस्थाले भक्तपुर क्यान्सर अस्पतालमा अक्टुबर महिनाभरी निशुल्क स्तन क्यान्सर परीक्षण शिविर सञ्चालन गर्ने भएको छ । आगामी सोमबारदेखि एक महिनासम्म निशुल्क स्तन क्यान्सर परीक्षण गरिने भक्तपुर क्यान्सर अस्पतालले जनाएको छ ।

अस्पतालका अनुसार अक्टुबर महिनाभरी ‘स्तन क्यान्सर सचेतता महिना’ को रुपमा मनाइनेछ । त्यस अवधिमा स्तन क्यान्सर सचेतताका लागि देशव्यापी रुपमा कार्यक्रम गर्ने जनाइएको छ ।

काठमाडौंसहित आफ्नो ४२ वटा जिल्ला शाखाको सक्रियतामा स्तन क्यान्सरबारे जनचेतना बढाउन काम गर्ने संस्थाका केन्द्रीय अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठले बताएका छन । संस्थाले राजधानीको बसन्तपुर दरबार क्षेत्रमा असोज २७ गते बिहान स्तन क्यान्सर सचेतता र्याली आयोजना गर्ने जनाएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्