मिस वल्र्डमा श्रृंखलालाई भोट गर्ने समय २ दिन थप
चिनको सान्यामा जारी मिस वर्ल्डमा ‘हेड टु हेड च्यालेन्ज’ का लागि भोट गर्ने अवधि दुई दिन थप गरिएको छ । यसअघि २८ नोभेम्बरसम्म भनिएकोमा अब ३० नोभेम्बरसम्म भोट गर्न पाइनेछ । भोटिङमा अहिलेसम्म नेपालकी श्रृंखला खतिवडा अग्रस्थानमा छिन् ।
मल्टिमिडिया अवार्ड र हेड टु हेड च्यालेन्जका लागि पब्लिक भोट आवश्यक हुन्छ । मल्टिमिडिया अवार्ड जितेमा श्रृंखला सर्ट कर्ट बाटोबाट फाइनल राउन्ड (टप ३०) मा प्रवेश गर्न सक्छिन् ।
हेड टु हेड च्यालेन्जमा पनि उनी आफ्नो समुहमा प्रथम भए दोस्रो राउन्डमा जानेछिन् । दोस्रो राउन्डमा अन्य २० समुहका विजेताहरुसँग उनले प्रतिस्पर्धा गर्नुपर्ने छ, जसबाट १० जना फाइनल राउन्डका लागि छानिन्छन् ।
‘अहिलेसम्मकै किर्तिमानी संख्यामा भोटिङ भइरहेको अवस्थामा सबैले भोट हाल्ने मौका पाउन् भनेर हामीले ३० नोभेम्बर बेलुकी ५ बजेसम्मलाई भोटिङ अवधि लम्ब्याएका छौं,’ मिस वल्र्डको आधिकारिक फेसबुक पेजमा लेखिएको छ ।
श्रृंखलालाई भोट गर्नका लागि निम्न चार विकल्पहरु छन्ः
१. उनको आधिकारिक मिस वल्र्ड पेज https://www.facebook.com/Miss-World-Nepal लाई लाइक गर्ने र यसमा उनले पोष्ट गरेका सामग्रीहरुमा लाइक र कमेन्ट गर्ने ।
२ मिस वल्र्डको आधिकारिक वेबसाइट https://missworld.com/?fbclid मा गएर श्रृंखलालाई भोट गर्ने
३. मोबस्टार एपमा गएर त्यसमा श्रृंखला खतिवडाको आधिकारिक अकाउन्ट (निलो टिक लगाइएको) खोली उनले पोष्ट गरेका फोटोहरुलाई दायाँबाट बायाँ स्वाप गर्ने र कमेन्ट गर्ने
४. https://missvo.modelpowergd.com/en/?id=1&fbclid=IwAR3z मा गएर उनको फोटो लाइक गर्ने ।
श्रृंखलासँग अहिले फाइनल राउन्डमा पुग्नका लागि यी दुई बलिया अवसरहरु देखिएका छन् । टप ३० मा पुगेपछि भने अगाडि बढ्न उनले निर्णायकहरुकै मन जित्नुपर्छ । मिस बर्ल्डको फाइनल ८ डिसेम्बरमा चीनको सान्यामा हुँदैछ ।
मिस नपाल श्रृंखला खतिवडालाई मिस वल्र्ड बनाउँ भन्दै बिभिन्न फेक फेसबुक पेज बनाई प्रचार गरिएको पाईन्छ । मिस नेपाल खतिवडालाई मिस वल्र्ड बनाउन उनको आधिकारीक फेसबुक, मिस वल्र्डको अफिसियल वेभसाईट, आधिकारिक एप्लिकेसनबाट मात्र गरेको भोट मान्य हुनेछ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्