सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

सिंगापुरसँग हारिन मिस नेपाल श्रृंखला, आशा बाँकी

चीनमा जारी विश्व सुन्दरी (मिस वर्ल्ड) प्रतियोगिताको हेड टु हेड च्यालेन्जमा मिस नेपाल शृङ्खला खतिवडा पराजित भएकी छिन् । पहिलो चरणमा समूह विजेता बनेकी मिस नेपाल शृङ्खला शनिबार बेलुका भएको दोस्रो चरणमा भने सिंगापुरकी प्रतिस्पर्धी भेनिसा पेहसँग पराजित भएकी हुन् ।

दोस्रो राउन्डमा गएका २० जनालाई एकआपसमा हेड टु हेड च्यालेन्जमा भिडाइएको थियो । शृङ्खला सिंगापुरकी भेनिसासँग परेकी थिइन् । तीन जना पूर्व मिस वर्ल्डहरुले दुई जनाको स्पिच सुनेर जित हारको टुङ्गो लगाएका थिए ।

तीनै जनाले नेपालको साटो सिङ्गापुरलाई चुने । फलस्वरुप मिस नेपाल हैन मिस सिङ्गापुर मिस वर्ल्डको टप ३० मा पुगिन् । पराजीत भएसँगै खतिवडा अन्तिम ३० मा पुग्न असफल बनेकी छिन ।

यद्यपी टप ३० मा पुग्ने उनको सम्भावना भने कायमै छ । उनी मल्टिमिडिया वा ब्यूटी विथ पर्पज बिधा जितेर अन्तिम ३० मा पर्न सक्ने छिन् । मल्टिमिडिया राउण्डमा भने भोटिङको भुमिका रहन्छ ।

अझै टप ३० मा पुग्ने सम्भावना छ, तर यसमा भोट काम लाग्दैन । अब जजहरुले छान्ने छन् कुन सुन्दरीलाई टप ३० मा लाने भनेर । अरु इभेन्टहरु पनि नेपालले जित्न सकेको छैन ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्