सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

मिस वल्र्डमा ब्युटी विथ प्रपोज पनि जितिन श्रृंखलाले

सन् २०१८ को मिस वल्र्डमा मिस नेपाल शृङ्खला खतिवडाले मल्टिमिडियाको साथै ब्युटी विथ पर्पोजको अवार्ड पनि हात पारेकी छिन् । आफ्नो सामाजिक सञ्जाल इन्सटाग्रामबाट शृङ्खलाले यसबारे जानकारी दिएकी हुन् ।

निकै भावुक देखिएकी शृङ्खलाले यो अवार्ड नेपालको लागि र सबै नेपालीको मायाका लागि भएको बताएकी छिन् । उनले भिडियोमा भनेकी छिन्–‘रुँदा रुँदा आँखा सुन्निन लागिसक्यो ।’

त्यस्तै, ब्युटी विथ पर्पोजको अवार्ड जित्नु् आफ्नो लागि मिस वल्र्डको उपाधि जित्नुभन्दा पनि ठूलो भएको बताइन् । यसअघि इशानी श्रेष्ठले पनि यो उपाधि हासिल गरेकी थिइन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्