सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

मिस वल्र्डमा घन्कियो ‘पक्कै मर्छु म भेट्न पाउँदैनौँ’

चीनमा जारी विश्व सुन्दरी प्रतियोगितामा सारा नेपालीका लागि अत्यन्तै खुशीको खबर आएको छ । हेड टु हेडमा सिंगापुरसँग पराजित भएपनि अन्ततः श्रृङखला खतिवडाले मल्टिमिडिया अवार्डको ताज पहिरिएर फाईनल चरणमा प्रवेश गरेकी छिन् ।

हेड टु हेड च्यालेन्जबाट हार बेहोरेकी शृङ्खलालाई फाईनलमा पुग्न मल्टिमिडिया अवार्ड ठूलो माध्यम बनेको थियो । जुन आज पूरा भएको छ । मिस वर्ल्डको अफिसियल फेसबुक पेजमा श्रृङखलाले मल्टिमिडिया अवार्ड जितेको कुरा सार्बजनिक भएको छ ।

फाईनलको यात्रामा शृङ्खलाले पाएको चुनौतीलाई नेपालिले धेरै सपोर्ट गर्दै आज उनी फाईनलमा पुगेकी छिन् । यतिबेला मिस वर्ल्डको चर्चा नेपालमा बिगतको बर्षमा भन्दा बढी भैरहेको छ । यसको प्रमुख कारण हो, मिस नेपाल २०१८ श्रृङखला खतिवडा ।

हुन त यसअघिका वर्षहरुमा पनि मिस वर्ल्डको चर्चा नेपालमा नभएको भने हैन । तर पुराना वर्षको अनुपातमा यो वर्ष निक्कै चर्चा भएको छ । श्रृङखलाको सामाजिक कार्य, आत्मविश्वास र प्रस्तुतीकरण मुख्य पाटो बन्न पुग्यो चर्चाको लागि । त्यसैले पनि नेपालीहरुको भरपुर साथ र सपोर्ट पाइरहेकि छिन् ।

उनको जित नै नेपालको सफलता हो भनेर सबै नेपालीहरु एकजुट भएर शृङ्खलाको जितका लागि जुटेका छन् । ‘मिस वर्ल्ड–२०१८’को फाइनल यही मंसिर २२ गते अर्थात डिसेम्बर ८ मा चीनको सान्या सहरमा हुँदैछ ।

अहिले हामी संसारलाई गौंतम बुद्धको देश अनि सर्वोच्च शिखर सगरमाथाको देश भनेर चिनाउने दौंडमा छौं । आज नेपाल विश्व सुन्दरीको ताज पहिरन तयार भएर वसेको छ । हिजो नेपाली जनताले गरेको भोट र सहयोगले भारतीय लगायतका धेरैं मैंदानहरुमा उनिहरुलाई हराएर नेपालले धेरैं उपाधि जितेको इतिहास हामीसँग रहेको छ ।

हेड टु हेड च्यालेन्जको दोस्रो चरणमा नेपाल सिंगापुरसँग पराजित भएको थियो तर नेपाली चेली श्रृङ्खला खतिवडाको विश्व सुन्दरी बन्ने र नेपाललाई विश्वमा चिनाउने यो अभियानलाई यत्ति कुराले रोक्न सकेन । मिस नेपाल शृंखला खतिवडा मिस वल्र्ड २०१८ को टप ३० मा प्रवेश गरेकी छिन् । शृंखला खतिवडा प्रतियोगिताको “फाइनल राउण्ड” मा पुगेकी छन् ।

“मल्टिमिडिया प्रयोग” तर्फको प्रतिस्पर्धामा पहिलो स्थान ओगट्दै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेकी हुन् । नेपालको प्रतिनिधित्व गरेकी शृंखला चीनको पर्यटकीय सहर सान्यामा जारी प्रतियोगितामा केन्या र मेक्सिकोका सुन्दरीलाई पछि पार्दै मल्टिमिडिया अवार्ड हात पार्न सफल भएकी हुन् ।

मिस वर्ल्डको अन्तिम प्रतिपर्धा डिसेम्बर ८ मा हुँदैछ । अब नेपालले विश्व सुन्दरीको ताज पाउन सक्ने सम्भावना बलियो बन्दैं गएको छ । अब हाम्रो साथ खतिवडालाई चाहिने भएपनि अन्तिम विजेता बन्नको लागि उनैं खतिवडाले राम्रो मेहनत गर्नुपर्छ ।

उनी भित्र रहेको कला र कौंशलतालाई आज संसारले प्रशंसा गरिरहेको छ । यसैं बिचमा यदी उनले निर्णायक मण्डलहरुको मन जित्न सकिन भने यो वर्षको विश्व सुन्दरीको ताज नेपालको पोल्टामा पर्ने देखिएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्