सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

प्रियङ्काको बिहेको पहिलो तस्विर १७ करोडमा बिक्यो

बलिउड अभिनेत्री प्रियङ्का चोपडाले आफू भन्दा १० वर्ष कान्छा अमेरिकन गायक तथा लेखक निक जोनससँग बिहे गरेकी छन् । यी दुईको बिहेको तस्बिर पिपुल म्यागेजिनले पहिलो पटक सार्वजनिक गरेको छ । यी जोडीले आफ्नो बिहेको पहिलो तस्बिर पिपुल म्यागेजिनलाई १७ करोड भारतीय रुपैयाँमा बेचेका थिए ।

अहिले यो तस्बिर सामाजिक सञ्जालमा तीब्र गतिमा भाइरल भइरहेको छ । तस्विरमा प्रियङ्का चोपडा र निक हिन्दू र क्रिश्चियन रीतिरिवाजबाट बिहे गरिरहेको देख्न सकिन्छ ।

प्रियङ्का र निक जोन्सको बिहेको पहिलो तस्बिर, जुन १७ करोड भारुमा बेचिएको थियो । तस्बिरः पिपुल म्यागेजिन

बेचिएकै कारण प्रियङ्का र निकको बिहेको तस्बिर कहीँ कतै सार्वजनिक गरिएको थिएन । बिहेमा पनि पाहुनालाई क्यामेरा नभएको मोबाइल फोन मात्रै प्रयोग गर्न दिइएको थियो ।

समाचार अनुसार प्रियङ्का र निकले ड्रोनबाट फोटो खिच्ने सम्भावनातर्फ चनाखो हुँदै निशानेबाजलाई बन्दुकसहित बोलाएका थिए । दुवैको बिहे जोधपुरको उम्मेद भवन प्यालेसमा भएको हो ।

यस क्रममा शानदार आतिसबाजी गरियो भने बिहे क्रिश्चियन रीतिरिवाजबाट सम्पन्न भएको हो । दिल्लीको ताज प्यालेसमा प्रियङ्का र निकले आफ्नो पहिलो पार्टी दिएका छ्न् । यस पार्टीमा दुवैका निकट साथीहरु आएको खबर छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्