सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

‘हे गोरी’मा बुगीवुगी विजेता कविता नेपालीको जवानी

एपीवान टेलिभिजनबाट प्रशारित फ्रेन्चाइज डान्स रियालिटी शो बुगीवुगी विजेता कविता नेपालीले अभिनय गरेको म्युजिक भिडियो सार्वजनिक भएको छ । पुष्करराज पन्तले रचना गरेको ‘हे गोरी’ बोलको गीतको भिडियोमा कविताले अभिनय गरेकी हुन् ।

https://www.youtube.com/watch?v=8DCiisCayR0

प्रेमराज पौडेल र सुजाता बर्माको स्वर समेटिएको गीतको संगीत भने शंकर थापा स्माइलले गरेका हुन् । अर्जुन अधिकारीले निर्देशन गरेको भिडियोको छायांकन उत्सव दाहालले गरेका हुन् । भिडियो सम्पादनमा सुशील न्यौपानेले मिहेनत गरेका छन् ।

https://youtu.be/TtgewtMqEKw

भिडियोको कोरियोग्राफी प्रशान्त तामाङले गरेका हुन् । फिल्म ठुलीका निर्मातासमेत रहेका पन्तले भिडियोको निर्माण गरेका हुन् । भिडियोमा गीतका रचनाकार पुष्करले कवितालाई अभिनयमा साथ दिएका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्