प्रतिक्षा मिस वर्ल्डको, नेपाली समय ५ बजे फाईनल
आज विश्व सुन्दरी अर्थात मिस वल्र्डको फाईनल । विश्व सुन्दरी प्रतियोगिताको घोषणा हुने दिन । नेपाली समय अनुसार ५ बजेबाट मिस वल्र्डको फाईनल कार्यक्रम सुरु हुँदैछ । नेपाली ४ बजेसम्म भोटिङ गर्न पाईनेछ । भोटिङमा मिस नेपाल श्रृंखला खतिवडा अगाडी छिन् ।
यतिबेला नेपाली मात्र नभएर विश्वभरीका धेरै मानिसहरुको कौतुहलता र चासो चीनको सान्यामा हुने मिस वल्र्ड २०१८ को फाईनल तिर मोडिएको छ, जहाँ नेपाल सुन्दरी शृङ्खला खतिवडा एक कडा दाबेदारको रुपमा प्रतिस्पर्धा गरिरहेकी छिन् ।
प्रतियोगिताको नतिजा आज सार्वजनिक हुनेछ, तर त्यसअघि नै लाखौं नेपालीहरूले उनको सहभागितालाई राष्ट्रिय गौरवको रुपमा लिएका छन् । विशेषगरी सामाजिक सञ्जालमा धेरैले उनलाई जितको शुभकामनासँगै आत्मवल उच्च राख्न सुझाव दिएका छन् ।
प्रतियोगिताको पूर्वसन्ध्यामा लाखौं नेपालीहरूले उनले पहिलो नेपालीको रुपमा ‘विश्व सुन्दरी’ को ताज पहिरिउन् भन्दै शुभकामना दिइरहेका छन् । उपाधिका लागि शुभकामना दिनेहरू उनलाई ’आत्मविश्वास’ उच्च राख्न सुझाव दिन्छन् ।
मिस वल्र्डको पुर्व सन्ध्यामा मिस नेपाल श्रृंखला खतिवडाले आफ्नो फेसबुक प्रोफाईलमार्फत सम्पुर्ण नेपालीहरुमाझ अन्तिम भोटका लागी अपिल गरेकी थिईन । उनले अपिल गर्दै भनेकी छिन्–‘म तपाईहरुको मायाँ र सहयोग चाहान्छु धेरै भन्दा धेरै । फिनालेको लागी केबल एक रात बाँकी छ । हामी मिस वल्र्डको क्राउनको धेरै नजिक छौँ । आउनुहोस सहयात्र गरौँ । कृपया मलाई भोट गर्नुहोला ।’ श्रृंखलाले भोट गर्ने तरिका पनि बताएकी छिन् ।
श्रृङ्खलालाई हौसला दिन उनका बुबा आमा सान्या पुगेका छन् । शृङ्खलाको चर्चा त्यतिबेला चुलियो, जब उनले प्रतियोगिताको एउटा उपाधि ’ब्युटी विथ पर्पोज’ जितिन् ।
त्यसयता लगातार सामाजिक सञ्जालमा थप चर्चामा आएकी उनले मतको आधारमा पाउने अर्को उपाधि ‘मल्टी मिडिया अवार्ड पनि जितिन् र प्रतियोगिताको अन्तिम ३० मा प्रवेश गरिन् ।
शृङ्खलाको चर्चा चुलिनुको एउटा कारण आत्मविश्वासले भरिपूर्ण उनको हँसिलो मुहार भएको कतिपयले प्रतिक्रिया दिएका छन् । उनलाई शुभकामना मात्र होइन प्रतिस्पर्धाको सामना गर्न कतिपयले सुझाव पनि उत्तिकै दिएका छन् ।
आज अन्तिम दिन हो । नेपाली समर्थकहरूको उर्लिंदो भीडको अपेक्षा के देखिन्छ भने भारतीय विश्व सुन्दरी मानुसी छिल्लारले मुस्कुराउँदै नेपाल सुन्दरी शृङ्खलाको शिरमा चम्किलो ताज पहिराउन् ।
श्रृंखलालाई भोट गर्ने तरिका हेर्नुहोस् ।
IMPORTANT:
Hi guys. I need your love and support more than ever. With just one night for finale, we are so close to the blue crown. Let’s do this together. You can vote for me in three different platforms.
1. MODEL POWER LIVE
–Open this link
https://missvo.modelpowergd.com/en/?id=1#/detail?id=90
–click on LIKE option by logging in through Facebook.
Or if you are not being able to vote through link,
–please search Model Power Live on play Store,
–you’ll find the app on Chinese language. Download it.
–You’ll see a search box that says ‘Enter the number or the name”.
–Type 78 or Shrinkhala , you’ll find the profile of Nepal, open it and click on LIKE option by logging in through Facebook.
2.MISS WORLD WEBSITE
–open this link
https://missworld.com/#/contestants/5435
–Click on this icon that is on the top right corner.
–Login through any social media accounts or you can vote multiple times by using it all.
–Click on Continue.
–Now, press the back function of your device twice and again you’ll reach Nepal’s profile. Finally, click on VOTE FOR ME.
3.MOBSTAR APP
–Download the MobStar app.
–Login through by using any of your social media account.
–Search Shrinkhala Khatiwada having blue tick ( yellow for ios users)
–Follow her profile and swipe from left to right on all the posts.
फेसबुकबाट कमेन्ट गर्नुहोस्