श्रृंखलाको मिस वर्ल्डको यात्रा उत्कृष्ट १२ मा टुंगियो
मिस नेपाल शृङ्खला खतिवडा मिस वर्ल्डको उत्कृष्ट १२ बाट बाहिरिएकी छिन् । चीनको सान्यामा जारी मिस वर्ल्डको फाइनलमा टप १२ मा पुग्न सफल भए पनि उनले इन्टर कन्टिनेन्टल उपाधि जित्न नसकेपछि उनको यात्रा यतिमै सिमित बनेको हो ।
मिस नेपाल शृङ्खलासँगै एसिया ओसियानिया क्षेत्रबाट मिस न्युजिल्याण्ड र मिस थाइल्याण्ड पनि शीर्ष १२ मा पुगेका थिए ।

तीन सुन्दरी मध्ये मिस थाइल्याण्डले मिस वर्ल्ड एसिया–ओसियानाको उपाधि जित्दै शीर्ष पाँचमा आफ्नो स्थान बनाएकी हुन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्