मिस वर्ल्ड २०१८ को ताज मेक्सिकन सुन्दरीको शिरमा
यसपालीको मिस वर्ल्डको उपाधी मेक्सिकन सुन्दरीले हात पारेकी छिन् । मेक्सिकोकी भेनेसा पोन्से दे लियोनले मिस वर्ल्डको ताज पहिरिएकी हुन । मिस वर्ल्ड विजेता भेनेसालाई सन् २०१७ कि मिस वर्ल्ड भारतीय सुन्दरी मानुसी चिल्लारले मिस वर्ल्डको ताज पहिराएकी थिईन ।
उत्कृष्ट पाँचमा पर्न सफल प्रतिस्पर्धी बेलारुस, जमाईका, थाईल्याण्ड र युगाण्डाका सुन्दरीलाई पछी पार्दै मेक्सिकन सुन्दरी भेनेसा मिस वर्ल्डको क्राउन विजेता बनेकी हुन ।
नेपाल सुन्दरी श्रृंखला खतिवडा भने उत्कृष्ट १२ बाट बाहिरिएकी थिईन ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्