भारु २ सय, ५ सय र २ हजार नेपालमा नचल्ने
नेपालमा तीनवटा दरका भारतीय नोट नचल्ने भएका छन् । दुई सय, पाँच सय र दुई हजार दरका भारतीय नोट नेपालमा नचल्ने भएका हुन् । यही सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले दुई सय, पाँच सय र दुई हजार दर भारतीय नोट प्रयोगमा रोक लगाउने निर्णय गरेको हो ।
मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता गोकुल बास्कोटाले यी तीन दरका भारतीय नोट प्रयोग नगर्न सर्वसाधारणलाई आग्रह गरेका छन् । नेपालमा यसअघि नै ५ सय र २ हजार दरका भारतीय रुपैयाँहरु प्रचलनमा छैनन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्