सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

नुवाकोट दुर्घटनामा मृत्यु हुनेको संख्या २० पुग्यो

नुवाकोटको उत्तरपूर्वी भेग दुप्चेश्वर गाउँपालिकास्थित घ्याङफेदीको घ्याङडाँंडामा शुक्रबार बेलुका भएको मिनिट्रक दुर्घटनामा ज्यान गुमाउनेको संख्या २० पुगेको छ । १५ जना घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

शुक्रबार रातिसम्म १८ जनाको मत्यु भएकोमा उपचारका क्रममा शनिबार बिहान थप दुई जनाको मृत्यु भएको दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङले जानकारी दिएका छन् ।

दुर्घटनामा परि क्षतिग्रस्त भएको मिनि ट्रक 

मृत्यु भएका मध्ये १७ जना पुरुष र ३ महिला रहेका छन् । हालसम्म ५ जनाको सनाखत भएको छ । सनाखत भएकामा शिखरबेँसीका १६ वर्षीय रितेश पण्डित, घ्याङफेदी सिसिपुका ३५ वर्षीय रिवल तामाङ, ४० वर्षीय आइत तामाङ रहेका छन् ।

सनाखत भएका अन्य दुई जनामा सिसीपुकै शुक्रमान तामाङ र सोनाम लामा रहेको गाउँपालिका अध्यक्ष तामाङले बताएका छन् । शनिबार बिहानैदेखि थप उद्धार कार्य सुरु भइरहेको छ । दुर्घटनास्थल अप्ठेरो भीर रहेको र अत्याधिक चिसोका कारण उद्धारमा कठिनाई भएको तामाङले बताएका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्