सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

चिर्पटले हानेर नातिले गरे आफ्नै बाजेबज्यैको हत्या

बैतडीको सुर्नया गाउँपालिका वडा नं ७ पत्थरकोटमा नातिले आफ्नै बाजे र बज्यैको हत्या गरेका छन् । मानसिक सन्तुलन ठिक नभएका २५ वर्षीय लोकेन्द्र कुँवरले ८४ वर्षका बाजे गगन कुँवर र ७६ वर्षकी बज्यै नारु कुँवरको चिरपटले हानेर हत्या गरेको प्रहरीले जनाएको छ ।

शनिबार बिहान ११ बजेर २० मिनेटको समयमा लोकेन्द्रले दाउराको चिरपटले हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक नेत्रमणी गिरीले जानकारी दिएका छन् ।

बाजे बज्यैको हत्या गर्ने लोकेन्द्रलाई शंकरपुर प्रहरीचौकीले नियन्त्रणमा लिएको उनले बताएका छन् । घटनाबारे थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पाटनबाट प्रहरी निरीक्षक गिन्द्रबहादुर बोगटीको नेतृत्व टोली खटाएको प्रहरीले जनाएको छ ।

घरमा बसिरहेका बेला लोकेन्द्रले एक्कासी बाजेबज्यैलाई चिरपटले प्रहार गरेको प्रारम्भिक रुपमा बुझिएको प्रहरी नायव उपरीक्षक गिरीले बताए । उनले भने–‘बाजेबज्यैको हत्या गर्ने लोकेन्द्र मानसिक सन्तुलन ठिक नभएका बुझिएको छ । यसको बारेमा थप अनुसन्धान गर्न प्रहरी टोली खटिसकिएको छ ।’

फेसबुकबाट कमेन्ट गर्नुहोस्