६ बर्षिय बालकको स्कुलको पानी ट्यांकीमा लास
दैलेखको नारायणनगरपालिका–१ स्थित सनराइज बोर्डिङ स्कुलको पानी ट्यांकीमा एक विद्यार्थी मृत फेला परेका छन् । ६ वर्षीय हिक्मत शाही विद्यालयको तल्लो तलामा रहेको पानी ट्यांकीमा बुधबार बिहान मृत भेटिएको जिल्ला प्रहरी कार्यालय, दैलेखले पुष्टि गरेको छ ।
यूकेजीमा अध्ययनरत शाही मंगलबार दिउँसो १ बजेबाट हराएका थिए । लगत्तै विद्यालय तथा प्रहरीले उनको खोजी थालेका थिए । तर, उनी मंगलबार बिहानै मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
![](https://everestwall.com/wp-content/uploads/2017/12/child-death-body.jpg)
मृत बालक आफैं ट्यांकीमा परेका हुन् या यसमा कसैको संलग्नता छ भन्ने खुलेको छैन । प्रहरीले यसबारे अनुसन्धान थालेको जनाएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्