प्रधानमन्त्री ओलीसँग मिस नेपाल श्रृंखलाको सेल्फी
कञ्चनपुरकी १३ बर्षिया बालिका निर्मला पन्तको बलात्कार गरी हत्या गरेको आधा बर्ष पुग्ने बेला भयो तर हत्याराको सुईँकोसम्म प्रहरीले पाउन सकेको छैन । बरु घटनालाई तोडमोड गर्न दुई पटक निर्दोष व्यक्तिलाई अभियुक्तको रुपमा प्रचार गरियो तर अपराधीसम्म प्रहरी पुग्नै सकेको छैन ।
यही सेरोफेरोमा मिस नेपाल वर्ल्ड श्रृखला खतिवडाले बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको विषय प्रधानमन्त्री गम्भीर रहेको बताएकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेकी श्रृङ्खलाले भेटमा प्रधामन्त्रीले आफूलाई निर्मलाको मुद्दा छिट्टै किनारा लगाउने आश्वासन दिएको बताएकी हुन् ।
![](https://everestwall.com/wp-content/uploads/2019/01/shrinkhala-with-pm-1024x1000.jpg)
भेटको सेल्फीसहित केही तस्बिर इन्स्टाग्राममा सार्वजनिक गर्दै उनले प्रधामन्त्री ओलीसँग केही महत्वपूर्ण विषयमा समेत छलफल भएको जनाएकी छन् । उनले लेखेकी छिन्–‘प्रधामन्त्रीले निर्मलाको मुद्दामा गहिरो चासो राख्नु भएको रहेछ । मुद्दाको किनारा लगाउन सक्दो प्रयास गरिरहेको जानकारी समेत दिनुभयो ।’
![](https://everestwall.com/wp-content/uploads/2019/01/shrinkhala-khatiwada-with-pm-1-1024x939.jpg)
भेटमा आफूले प्रधानमन्त्री ओलीलाई पर्यटन वर्ष २०२० को सफलताका लागि केही योजना समेत सुनाएको जनाएकी छन् । श्रृङ्खलाले चीनमा आयोजित मिस वर्ल्डमा सहभागी भएर उत्कृष्ट १२ भित्र पर्दै २ महत्वपूर्ण अवार्ड समेत नेपाल भित्र्याएकी थिइन् ।
![](https://everestwall.com/wp-content/uploads/2019/01/shrinkhala-khatiwada-with-pm-2-930x1024.jpg)
फेसबुकबाट कमेन्ट गर्नुहोस्