सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

दिपक ठकुरीको शब आधा घाँटी काटिएको अबस्थामा

बाँकेको कोहलपुर नगरपालिका वडा नं. ११ नयाँ बसपार्कमा घाँटी आधा काटिएको अवस्थामा एक युवाको शब फेला परेको छ । फेला परेको शब सुर्खेतको सिम्टा गाउँपालिका घर भएका करिब २२ बर्षिय दिपक सिङ ठकुरीको भएको प्रहरीले बताएको छ ।

‘यूवकको घाटी आधा काटिएको अबस्थामा शब फेला परेको’ इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । स्रोतका अनुसार ठकुरीले प्रहरीमा भर्ना हुन अज्ञात ब्यक्तीलाई १ लाख ५० हजार बुझाएका थिए ।

उनी नेपाल प्रहरीको फर्म लगाउन नेपालगन्ज आएका हुन । मृतकका आफन्त भाउजू, भाई र आमा बुवा घटनास्थल आएको प्रहरीले जनाएको छ । परिबारका अनुसार उनी बिहान ४ बजेतिर फोन आएपछी बाहिर निस्किएका थिए ।

फोन कसले गरेको थियो र किन गरेको थियो भन्ने खुलेको छैन । अभियुक्त अहिले सम्म फरार रहेको र पत्ता लागाउन कुकुर प्रयोग गरिएको प्रहरीले जनाएको छ । घटनाको पुर्ण विवरण अनुसन्धानपछी आउने प्रहरीले जानकारी दिएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्