सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

नशिबको कर्तुत; नांगो फोटो खिचेर यौन अत्याचार

पोखराको वडा नं १५ कि एक किशोरीले आँफूमाथि विभिन्न बहानामा धम्क्याउँदै बारम्बार बलात्कार गरेको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय कास्कीमा एक यूवक विरुद्ध किटानी जाहेरी दिएकी छिन ।

पोखरा १५ कि १९ वर्षीय रविना (परिवर्तित नाम) ले आँफूलाई पोखरा १५ स्यानीपाटन बस्दै आएका नसिब गुरुङले असैह्य र निर्मम व्यवहारका साथ बारम्बार बलात्कार गरेको आरोप सहित जाहेरी दिएकी हुन् ।

विभिन्न प्रलोभन देखाएर खिचिएका आफ्ना नग्न तस्विरहरु सामाजिक सञ्जालमा राखेर बेईज्जत गरिदिन्छु भन्दै धम्क्याएको पीडित किशोरीले बताएकी छिन् ।

किटानी जाहेरीपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परिक्षण गर्न पुगेकी रविनाले रुँदै भनिन ‘असत्ती रहेछ, मेरो फेसबुक एकाउण्टको पासवर्ड पनि जवर्जस्ती लग्यो, उसैले चलायो ।’

उनले अगाडी भनेकी छिन्–‘कलेजमा पनि पुगेर उसले टर्चर दिन्थ्यो, राती राती घरमा बोलाउँथ्यो, उसले चाहेको बेला उसंग त्यो (यौन सम्पर्क) गर्न तयार हुनुपथ्र्यो । तयार नभए बा, आमा र दाईलाई समेत मार्दिन्छु भन्थ्यो ।’

निकै दर्दनाक अवस्थाबाट गुज्रीएकी उनलाई एकदिन नसिवले पोखराको पृथ्वीचोकस्थित चाईना पुलबाट हाम फालेर आत्महत्या गर्न समेत लगाएको बताएकी छन् । उनका शरिरभरी नशिवले यातना दिएका घाउ र निलडामहरु समेत रहेको आफन्तजनले बताएका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS