सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

अफबाह फैलाउने अनलाईनबिरुद्ध रञ्जु साईबर ब्युरोमा

अहिले सामाजिक सञ्जालमा विवेकशिलकी नेतृ रञ्जु दर्शनाले बिबेकशिल साझाका अध्यक्ष रबिन्द्र मिश्रले आफुलाई बलात्कार प्रयास गरेको बताईन भनेर केही अनलाईन ब्लगहरुले झुठा अपबाह फैलाएपछी रञ्जुले त्यस्तो खबर फैलाउने साईटहरु बिरुद्ध साईबर ब्युरोमा उजुरी दिएकी छिन् ।

केही ब्लगहरुले सामाजिक सञ्जालमा रञ्जु दर्शना र रबिन्द्र मिश्रलाई लिएर अनर्गल अफवाह फैलाएर वदनाम गरिरहेका छन् । जो तल्लो र निच सोचले केहि ब्लगरहरुले रञ्जु र रबिन्द्र मिश्रको बिषयलाई लिएर पत्रकारीताको मर्यादा बिपरित समाचार पोष्ट गरेका छन ।

उक्त समाचारबारे रञ्जुले खण्डन गर्दै भनेकी छिन्–‘साथीहरु, यस लिंकमा राखिएका जानकारी सरासर भ्रमित पार्ने र चरित्र हत्या गर्ने उद्देश्यले लेखिएकोले यसको पछाडि नलाग्न अनुरोध गर्दछु । यस विरुद्ध नेपाल प्रहरीको साइबर क्राइम विभागमा उजुरी दर्ता गरेको कुरा पनि जानकारी दिन चाहन्छु ।

शुक्रबार विवेकशिल साझा पार्टीबाट छुट्टिएपछी विवेकशिलकी नेतृ रञ्जु दर्शनाले तत्कालीन साझा पार्टीका नेतामा ‘हामीले राजनीति बुझेका छौं । तपाईंहरूले बुझ्नुभएको छैन’ भन्ने सोचाइ रहेको टिप्पणी गरेकी छिन् ।

दर्जनौँ अनलाईनहरुले यो खबर प्रकाशित गरेका छन् । यो एउटा उदाहरण मात्रै हो ।

रञ्जुले भनेकी छिन्–‘देशमा विकासका लागि वैकल्पिक शक्तिको रुपमा उदाउने उद्देश्यले आएको भएपनि देशको स्थिति बिचमै अड्काउने किसिमको शैली देखेपछि छुट्टियौँ ।’

रञ्जु दर्शना काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेद्वार भएपछि स्थानीय निर्वाचनताका चर्चित बनेकी थिइन् । उनलाई नेकपा एमालेका उम्मेदवार विद्यासुन्दर शाक्यले पराजित गरेका थिए ।

विवेकशील साझा पार्टीका सह–अध्यक्ष थापाले केहीअघि पार्टी गलत बाटोमा हिँडिरहेको निष्कर्षसहित समीक्षा प्रतिवेदन सार्वजनिक गरेका थिए । तर त्यसमाथि पार्टीमा छलफल नै नभएको नेतृ दर्शनाले बताइन् । दर्शनाका अनुसार संयोजक मिश्रले थापा पक्षलाई बेवास्ता गर्ने गरेको थियो ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS