सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

कोकसँग रक्सी मिसाएर खुवाई सामुहिक बलात्कार

सामान्य चिनजान भएकी युवतीलाई कोकको बोतलमा रक्सी मिसाएर खुवाई रक्सीको नशा लागेपछी युवतीको सामूहिक बलात्कार गरेको आरोपमा दुई मध्येका एक जना युवक पक्राउ परेका छन् । पक्राउ पर्ने युवा झापाको भद्रपुर–४, करेला चोक बस्ने ३२ वर्षीया अम्मर भनिने घरबहादर लिम्बु रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय, झापाका अनुसार घटनामा संलग्न एक जना अझै फरार छन् । फरार हुनेमा स्थानीय २४ वर्षीय राजेश राजवंशी भएको बताईएको छ । झापाका प्रहरी नायब उपरीक्षक (डीएसपी) महेन्द्रकुमार श्रेष्ठका अनुसार उनीहरुले २२ पुसमा राति ८ बजे १५ वर्षीया किशोरीलाई बलात्कार गरेको जाहेरी परेपछि अनुसन्धानका क्रममा लिम्बु पक्राउ परेका हुन् ।

अनुसन्धान अधिकारीहरुका अनुसार उनीहरुले भद्रपुर–४, भगवती टोलमा हेको चिया बगान छेऊमा रहेको खाली चौरमा किशोरीमाथि बलात्कार गरेका थिए । जाहेरीमा भनिएको छ–‘सामान्य चिनजान भएका दुई जना किशोरी त्यहाँ थिए । उनीहरुले रक्सी मिसिएको कोक खान दिएर बलात्कार गरे ।’

त्यसबीच अर्की एक किशोरी भने भाग्न सफल भएको जनाइएको छ । उनैले बलात्कार भएको सूचना परिवारलाई दिएकी थिइन् । फरार रहेका राजवंशीको पनि खोजी भइरहेको छ भने पक्राउ परेका लिम्बुमाथि करणी मुद्दामा झापा जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS