सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

अबैध सम्बन्ध लुकाउन सासुको ह*त्या प्रयास

आफ्नै सासुको ह*त्या गर्न खोज्ने एकजना बुहारीलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । आफ्नै सासुलाई धारिलो हतियार प्रहार गरी ह*त्या प्रयास गरेको अभियोगमा प्रहरीले पर्साको कालिकामाई गाउँपालिका २ भेडिहारीकी ३० वर्षीया इन्दुदेवी महरालाई पक्राउ गरेको हो ।

इन्दुले शनिबार दिउँसो सासु राजमती देवी महरालाई धारिलो हतियार ग्रासीले टाउकोमा प्रहार गरी गम्भीर घाइते बनाएकी थिइन् । घटनापछि ससुराले दिएको जाहेरीका आधारमा प्रहरीले इन्दुलाई पक्राउ गरेको हो ।

Hatya chirpat prahar

अनुसन्धानका क्रममा इन्दुले आफ्नो अवैध सम्बन्ध लुकाउन सासुको ह*त्या प्रयास गरेको खुलेको प्रहरीले जनाएको छ । घाइते राजमतीको वीरगञ्ज न्यूरो अस्पतालमा उपचार भईरहेको छ । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS